मन्त्री रेणुका खजाञ्जी कृष्णदेव

समाचार

काठमाडौं । राजनीतिक दलका मन्त्री बनाउनै पर्ने रोग लागेको छ । तर मन्त्री नपाए मुख छाड्न माहिर भौतिक पूर्वाधार मन्त्रालय चलाउने कसरी ? जसपाका अध्यक्ष उपेन्द्र यादव मात्र होइनन्, संघीय परिषद् अध्यक्ष डा.बाबुराम पनि बाध्य भए । त्यो मन्त्रालय चलाउने हिम्मत हिसिला यमीको थियो, तर उनी सांसद बनिन् । इन्जनियरिङकी हिसिला भ्रष्ट नारी भनेर प्रचार गर्ने एमाले फोबियाले अब ईश्वर पोखरेललाई शुद्ध कसरी भन्छन् ? जबकि पोखरेलले कोरोना कालमा ओम्नी र हुकाम समूहका विशाल पण्डित, रिता सिंह वैद्यलाई अगाडि सारेर नेपाललाई खरिद गर्दा ४ डलरमा दिने भ्याक्सिन ५.५ बनाएर ३४ करोड ३७ लाख खाने तयारीमा लागेका थिए ।
तर स्वच्छताको कुरा गर्दा आएको यो प्रसंगमा भौतिक पूर्वाधारमन्त्री रेणु यादवका पीए कृष्णदेव यादव र विद्यार्थी नेता अशोक यादवको प्रसंग आउँदा पार्टीले अशोकलाई पठायो । मन्त्री रेणुले रेडियो नेपालबाट ३२ वर्षे अवकाश पाएका कृष्णदेवलाई लगिन । वैधानिक रुपमा कृष्णदेव केही होइनन, तर सडक विभागको गाडी चढ्छन् । डीई र सुईहरुसँग मन्त्रीको नाममा पैसा झार्छन । मन्त्री बनेर उनी काम गर्न आएकी होइनन । उनी त उठाउन आएकी हुन् । उठाउन नै क्षमता हो । योगनाथ श्रैष्ठ पनि सकेको असुल्न सफल हुन् । अहिले सडक विभागले काम गर्न सकेको छैन । भुक्तानी दिन नसकेर ठेकेदारको वर्षात् अगाडि गर्नुपर्ने काम रोकिएको छ । रेणु यादवले क्षमता देखाउन सकिनन् । उनले बेइज्जत गर्ने भएकाले मन्त्री दिइएको हो । जसपाभित्र बद्नामी नौलो होइन, उपेन्द्र यादवले आफ्नो टिम बलियो बनाउने यादवहरु नै रोजेका छन् । भौतिक पूर्वाधार मन्त्रालयलमा कृष्णदेव र अशोक यादव छँदाछँदै प्रदीप यादव पनि स्वकीय सचिव भएका छन् । कृष्णदेवको कुनै अफिसियल जिम्मेवारी छैन । कानूनी रुपमा पनि उनी छैनन् । तर भ्रष्टाचार गर्नकै लागि अहिले भौतिक मन्त्रालय भरिपूर्ण गौरवशाली मन्त्रालय भनिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *