बेपत्ता वामदेव एकीकृत समाजवादीतिर

समाचार

काठमाडौं । तत्कालीन एमाले नेता बामदेव गौतम कम्युनिष्ट एकताको एकल एजेण्डा लिएर बेपत्ता भएका थिए । तर वामदेव गौतम पनि माधव नेपालको नेकपा एकीकृत समाजवादीमा सहभागी भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको चरम अवसरवादी प्रवृत्तिमा खलनायक बनेका बामदेवलाई बर्दियाबाट केपी ओली र ईशवर पोखरेलहरुको योजनामा तत्कालीन चु्नावमा पराजित गराएका थिए । एमालेको वरिष्ठ उपाध्यक्ष समेत भएका गौतमले नेकपा एमालेको आन्तरिक गुटबन्दीका कारण उपस्थिति कम देखाएका थिए । ओलीलाई नवौं महाधिवेशनमा अध्यक्ष बनाउने यिनै गौतम थिए । युवाहरुले वामदेवलाई प्रयोग गरेकै हुन् । रघुवीर महासेठ, केशव स्थापित, स्व.रविन्द्र अधिकारी, योगेश भट्टराई, रामकुमारी झाँक्री, गुलाबजंग शाहजस्ता दर्जनौं युवा नेताहरुले स्वार्थको खेती चलाएका थिए । तर वामदेव सत्ता बिना टिक्न सकेनन् । माओवादीका नारायणकाजी श्रेष्ठ र वामदेव वाम गठबन्धनबाट चुनाव हारेका नेता भए पनि राष्ट्रिय सभामा मनोती गरेको थियो ।
दुबै नेता ५ वर्षसम्म संसद बिना टिक्न नसक्दा तत्कालीन नेकपाले राष्ट्रिय सभामा सांसद बनायो । तर वामदेवले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने अडान लिएपछि केपी ओलीलाई असह्य भयो । ओलीले वामदेवको कुरै सुनेनन् । एमालेको विभाजनमा वामदेवले पत्नी तुलसा थापालाई एमालेकै पार्टीमा राखेर वामदेव एकता अभियानमा लाग्दा धेरैले वामदेवलाई निस्क्रिय भए भने । तर पनि वामदेवले अभियान छाडेनन् । एमालेको दशौं महाधिवेशनमा सहभागी नभएका वामदेवलाई यतिबेला नेकपा एकीकृत समाजवादीमा खुलेको अवस्था छ । तर वामदेव बेपत्ता हुँदा धेरैले चासो राखेका थिए ।
तर नेपालको कम्युनिष्ट आन्दोलनमा वामदेवले सिर्जना गरेको एकता अभियान बेपत्ता भएको छ । तर स्थानीय चुनावको बेला वामदेवले मतदातालाई एकीकृत समाजवादीलाई मत दिन गरेको आग्रहको अर्थ छ । एमालेमा घमण्डी स्वाभाव भएका नेता ओलीलाई गणेश मानेर आफ्नो स्वार्थ पुरा गर्ने भ्रष्ट र तस्करमात्र छैनन् । ठेकेदार, व्यापारी र माफियाको समेत जालो छ । ओलीलाई पार्टीको सिद्धान्त, नीति, कार्यक्रमभन्दा पैसा र उत्ताउला खालका कार्यकर्ता चाहिन्छ । एमालेको सरकारले अर्थतन्त्र धरासायी बनाएको योजना गठबन्धनले तोड्न सकेन ।
केपी ओली सरकार ठेक्कापट्टा र सार्वजनिक सम्पत्ति लिजमा दिने कामको भण्डाफोर गर्न वर्तमान सरकारले सकेको छैन । यो सरकार पनि भ्रष्टाचारमा डुब्दै गएको छ । सरकारको मन्त्रीले आफ्नो सम्त्ति समेत सार्वजनिक गरेका छैनन् । वामदेवलाई राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिएको थियो । अहिले वामदेव एकीकृत समाजवादी बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *