राजनीतिक भद्रगोलसँगै नेपाल प्रहरी र निजामती

समाचार

काठमाडौं । नेपाली कांग्रेसको सरकारले सुरक्षा समूहलाई भद्रगोल गरेर आन्तरिक विवाद चर्काउने काम गरेको छ । सशस्त्र प्रहरीमा आईजीपी पुष्पराम केसीले हल्लाए । १९ दिन पछि विदाई भए । राजु अर्याल आईजीपी भएको आज १० दिन भयो । सशस्त्रमा वृत्ति विकासको काम शुरु हुँदैछ । १९ वर्षसम्म एउटै पदमा रहेका अधिकृतदेखि वरिष्ठ हवल्दारहरुले बढुवाको आश गरेका छन् । सशस्त्रभित्र दुईजना एआईजीमध्ये नारायणदत्त पौडेललाई ल्याएको छ । तर नेपाल प्रहरीमा कांग्रेसको भगीनी संगठन बनाउने र भत्काउने लडाई सर्वाेच्चसम्म पुगेको छ । सर्वाेच्चबाट आईजीपी बनाउने आदेश आउँछ भन्ने आश विश्वराज पोखरेललाई छ । कानूनका नौथरी हाँगा भएको बेला प्रहरीको चेन अफ कमाण्ड नै फितलो बनाउने योजना कांगे्रस पार्टीको देखिन्छ ।
नेता बोकेर आफु ठूलो हुने रोग प्रहरीले बेहोरेको छ । जयबहादुर चन्द, नवराज सिलवालको लडाईले प्रकाश अर्यालको तालुमा आलु फलेको जस्तै यसपटक विश्वराज पोखरेल र धिरजप्रताप सिंहको लडाईले कतै सहकुल थापाको दिन त आउने होइन भनि आंकलन गर्न थालिएको छ । नाता जोड्दा थापा महेश बस्नेतको मामा पर्ने बताइन्छ । थापालाई बढुवा गर्ने महेश बस्नेतले पोखरेलले एमालेलाई टेर्दैनन् र चुनावमा साथ दिँदैनन् भनेर नै दरबन्दी थपेका थिए ।
प्रहरी कुनै दलको एकल समूह होइन, न त भगिनी संगठन नै हो । यो संस्थालाई बिगार्ने नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । त्यही कारण दुई दलका कार्यकर्ताले चोर छुटाउने, पकेटमारालाई मुक्त गराउन उनीहरु खुलेर लाग्छन् । प्रहरी कार्यालयहरुमा धर्ना दिन्छन् ।
अपराधीको संरक्षण गरेपछि चुनावमा त्यस्तै व्यक्तिलाई प्रयोग गरेर सत्ता कब्जा गर्ने गरेका छन् । दुई पार्टीका दुई समूहलाई नै जनताले खबरदारी नगर्दासम्म फौजी संरचना सुदृढ हुँदैन । एमाले र कांग्रेसलाई चुनावमा दरिलो साथ दिने प्रहरी र प्रशासनले अन्य दलका नेताको आग्रह गर्दा समेत मान्ने गरेका छैनन् । सुरक्षा समूहलाई मात्र होइन निजामती प्रशासनलाई पनि पार्टीकरण गर्ने प्रवृत्तिको शिलान्यास गरेका दुई शक्तिले यसपटक विश्वलाई बोक्न आईजीपी भएका धिरजलाई गिराउने अभियान चलाए ।
ब्रिफकेस बोकेर बढुवाको लागि नेताको कोठा र चोटा प्रहरी पुगे भन्दै हिँडेका रमेश खरेलहरु यतिखेर यो जात्रामा दर्शक बन्दैछन् । राजनीति गर्न काठमाडौंमा पार्टी दर्ता गर्ने हल्ला चलाएर आफैं काठमाडौं महानगरको मतदाता नभएको पत्तो नपाउनु भनेको हावा खुस्केजस्तै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *