सीसीटिभी खरिदमा चलखेल ः निर्वाचन छि¥यो विथ ल्याब

समाचार

काठमाडौं । कोरोनाको महामारीमा स्वास्थ्य समाग्री र पिसिआर परीक्षणको नाममा लुट मच्चाएको विथ ल्याव फेरि निर्वाचन आयोगमा छिरेको छ । आसन्न स्थानीय तहको निर्वाचनको समयमा विथ ल्यावले सिसि क्यामेराको प्रवन्ध मिलाउने नाममा त्यहाँ लुटधन्दा प्रारम्भ गरेको हो । आयोगका आयुक्त र कर्मचारीहरुसँगको सेटिङमा विथ ल्यावका मालिक विके भण्डारीहरु त्यहाँ छिरेर सिसि क्यामरा खरिदमा चलखेल गरेको आयोग स्रोतले जनाएको छ ।
विध म्यानेजम्यान्ट त्यही कम्पनी हो जस्ले कोरोनाको किट वेचेरै करोडौं कमाउन सफल भयो । स्वास्थ्य मन्त्रालयमा ओम्नी बदनाम भएपछि रातारात जन्मिएको विथ ल्यावका सञ्चालक हुन विके भण्डारी । गुल्मी घरका भएका उनी बर्षमान पुन अर्थमन्त्री हुँदा उनको सचिवलायमा थिए । सुब्बा तहका कर्मचारी उनले रातारात विथ ल्याव नामक कम्पनी दर्ता गरेर उनी यो धन्दामा लागेका हुन । मेडिकलको काम गर्न भन्दै दर्ता भएको विथ ल्यावले स्थानीय तहको निर्वाचनको सेरोफेरामा फेरि आइटी अर्थात प्रविधिको कामको ठेक्का हत्याइसकेको छ ।
निर्वाचन आयोगका केही आयुक्त,खरिद र आइटी शाखाका कर्मचारीहरुलाई हातमा लिएर विथका मालिकले सिसीटिभीको धन्दा हात पारेका हुन । निर्वाचन आयोगले मुलुकभरका ७५३ वटै स्थानीय तहको मतपत्र र मतगणना कार्यको सुरक्षाको निम्ति सिसी क्यामरा जडान गर्ने ठेक्का उनै विकेले हात पारेका हुन । अहिले उनै विकेहरुले जडान गरेको सिसी क्यामराको सफ्टवेयर चाहिँ बजार मूल्य बढीमा १६ हजार रुपैंयाँ मंहगो रहेको निर्वाचन आयोगका जानकारहरु बताउछँन । यो हिसाबले झण्डै १२ करोड ४८ लाख राज्यलाई चुना लागेको छ भने यही एउटा सफ्टवेयरकै कारण विथका मालिकले झण्डै साढे १२ करोड रकम हात पार्न सफल भएका छन । उसो त निर्वाचन आयोगले एउटा स्थानीय तहमा आठ वटासम्म क्यामरा जडान गर्ने योजना बनाएको बताइन्छ । उनै विथका मालिकलाइ पोस्ने योजनासहित एउटै स्थानीय तहमा आठ वटा सम्म सिसी क्यामरा जडान गर्न खोर्जिको हो । विथले क्यामरासहित अन्य उपकरण गरेर कूल मूल्य एक लाख ५० हजार पर्ने देखिन्छ । त्यसमा सफ्टवेयरको मूल्य जोडेर तीन लाख ५० हजार जोडेर चार लाख ९० हजार रुपैंयाँ बजेट स्पिफिकेसन हालेकोमा महंगो प्रस्ताव गर्ने उही विथ ल्याबलाई पोस्ने तयारी भइरहेको निर्वाचन आयोग स्रोतले जनाएको छ । यसरी बजार मूल्यभन्दा बढीमा विथलाई काम दिँदा उस्ले ७५३ स्थानीय तहबाट मात्र अरु थप ११ करोड २९ लाख ५० हजार बुझ्नेछ । अर्थात राज्यलाई थप साढे ११ करोड चुना लाग्नेछ । सफ्टवेयर र क्यामराकै नाममा मात्र झण्डै २४ करोड रकम विथ ल्याबले कुम्ल्याउँदैछ । जबकी यस्तो सिसी क्यामरा डेढ लाखमै हाल्न सकिने प्रस्ताव अरु कम्पनीले हालेका थिए । तर केही निर्वाचन आयुक्त,खरिद शाखाका हाकिम र निर्वाचन आयोगका आईटी शाखा प्रमुख आवेश खड्कामाथि उक्त क्यामरा खरिदमा गडबडी गरेको आयोगको उच्च स्रोतले जनाएको छ ।
उसो त उनलाई विकेलाई नजिकबाट चिन्ने जान्नेहरु विथ ल्याबको लगानी नै शंकास्पद् भन्दैछन् । कुनै समय २८ हजारमात्र तलब थाप्ने विकले अहिले अर्ब हाराहारीको सम्पत्ति जोडेका छन् । त्यसलाई कालो धन र शंकास्पद् भनिँदैछ । गुल्मीबाट काठमाडौं झरेका भण्डारीलाई नजिकबाट चिन्ने एक जना गुल्मीकै पत्रकारका अनुसार कुनै समय कोठा भाडा तिर्न समेत पैसा नभएर एक हजार पन्ध्र ऋृण मागेको र सो ऋृण अझैं नतिरेको ती पत्रकारले बिर्सिएका छैनन । यस्का अलवा केही गुल्मीका मान्छेलाई विदेश पठाइदिने भन्दै उनीहरुबाट पैसा उठाएर बाहिर पठाउन नसकी फरार भएका व्यक्ति समेत हुन भीम । कुनै समय स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका उनी वर्ष ७ महिनाको जागिर खाएर राजीनामा दिएका व्यक्ति हुन । भण्डारीको स्वामित्व रहेको विध ल्याबले चीनबाट रु. २२ करोड ८५ लाख ६१ हजार ५६० को आरडीटी किट मात्रै खरिद गरेर सरकारलाई बिक्री गरेको देखिन्छ । कुपण्डोलमा रहेको भव्य भवनमा बिध ल्याब सञ्चालनमा छ । यहाँ अहिले सुगरदेखि थाइराइडसम्म परिक्षण गर्न थालिएको छ । उक्त ल्याबमा निर्माणमा भण्डारीले १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको उनी निकट स्रोत बताउँछ । हालै उनले पोखराको पृथ्वीचोकमा समेत शाखा सञ्चालन गरेका छन् । यसरी सामान्य रुपमा पनि उनले देखाएको लगानी एक अर्ब भन्दा बढीको सम्पत्ति छ । अनौठो त के छ भने स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई लगत्तै थप सामग्री खरीद गर्ने ठेक्का दिइयो । जस्तो कि, बिध म्यानेजमेन्ट प्रालिले ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप रु.९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पाएको कम्पनीले पछिल्लो एक बर्षमा अर्ब भन्दा बढी आम्दानी गरिसकेको छ । गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन । २०७१ माघ २२ गतेसम्मको सम्पत्ति विवरण अनुसार उनको परिवारसँग २० रोपनी १२ आना जग्गा तथा नगद र गरगहना समेत बढीमा ५ लाख ४० हजार बराबरको जिन्सी रहेको देखिन्छ । अहिले उनीसँग अर्बाैको सम्पत्ति देखिने उनी निकटस्थहरु सुनाउँछन् ।
उसो त निर्वाचन आयोगका वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव हुँदा हरेक स्थानीय तहको वेव साइड बनाउने नाममा एउटा सफ्टवेयर कम्पनीसँग मिलेर कुस्त आर्जन गरेको आरोप लाग्दै आएको छ । आयोगका अर्का निर्वाचन आयुक्त ईश्वरी पौडेल मेलम्ची परियोजनामा हुँदै देखि बदनामी कमाएका पात्र हुन । हालैमात्र उनले मतपत्र छपाईको काम विनोद चौधरीको कम्पनीलाई दिएर राम्रै शुभ लाभ हात पारेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *