मुख्यमन्त्री राउतद्वारा मतदान

राजनीति समाचार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गर्नुभयो ।

प्रमुख, उपप्रमुखद्वारा मतदान

वीरगञ्ज महानगरपालिकाका  मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गर्नुभयो । नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी  ९लोसपा० संयुक्त गठबन्धनबाट उम्मेदवार  विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान  गर्नुभयो ।

यसैगरी सत्ता गठनबन्धक नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी ९राजपा०, नेकपा ९माओवादी केन्द्र० तथा नेकपा ९एकीकृत समाजवादी ९एस०को तर्फबाट संयुक्त उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका–३ मा मालपोतमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो भने राप्रपाको तर्फबाट उम्मेदवार बन्नुभएका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *