हेटौंडा उपमहानगरमा तीन दलको टक्कर, गठबन्धनकी लामाको अग्रता

राजनीति समाचार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा तीन दलको टक्कर देखिएको छ । सत्ता गठबन्धन, नेकपा ९एमाले० र राप्रपाकाबीचमा यो निकायमा कडा प्रतिस्पर्धा भइरहेको हो ।

हालसम्म गणना गरिएको परिणाम अनुसार १४०० मत गन्दा गठबन्धनको उम्मेदवार रहेकी मीना लामा ४४८ मतका साथ अग्रता कायम गरेकी छिन् । लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्त पौडेलले ४२४ मत ल्याएर दोश्रो स्थान कायम गरेका छन् । यस पालिकामा राप्रपाका दिपक बहादुर सिंहले ३५३ मत प्राप्त गरेका छन् ।

गठबन्धनका राजेश बानियाँले हालसम्म ६४१ मत प्राप्त गरेका छन् । प्रतिपक्षी एमालेकी सुमित्रा काफ्लेले ५३९ र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीले ९४ मत प्राप्त गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *