काठमाडौं महानगरपालिक उपमेयरकी उम्मेदवार डंगोलको लोकप्रिय मत बढ्दै

राजनीति समाचार

काठमाडौं । स्थानीय निकाय निर्वाचनको मतगणनामा काठमाडौं र भरतपुर महानगरपालिकाका मेयरको परिणामले सबैको ध्यान तानिरहेका बेला काठमाडौं महानगरपालिकाको उपमेयर उठेकी सुनिता डंगोलको लोकप्रिय मत भने छाँयामा परिरहेको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी डंगोलले प्राप्त गरिरहेको मत छाँयामा परिरहेको हो ।

काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी छन् । उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याउन खोजे पनि मतान्तरको सिमा धेरै फराकिलो छ । उनले ८५ मत पाएकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *