सिदिङ्वाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

राजनीति समाचार

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी हुनुभयो ।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गर्नुुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँहरुको ७०३ मतको मत अन्तर रहेको छ ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया ९बन्दना० एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नुभयो । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *