सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

राजनीति समाचार

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)  का विजय भण्डारी ९प्रतिरोध० ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याउनुभएको हो ।

यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *