जुम्लाको पातारासीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा माओवादी

राजनीति समाचार

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।

अध्यक्ष पदका कांग्रेसका उम्मेदवार पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादीका उम्मेदवार हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याउनुभयो ।

त्यस्तै उपाध्यक्षमा माओवादीका जनमाया रोकाया विजयी हुनुभएको छ । उहाँले दुई हजार ७५४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत ल्याउनुभएको गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ ।

सो गाउँपालिकामा अघिल्लो स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका थिए । जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *