जनताले ठाडो अस्वीकार गरे परिवारवादलाई

समाचार

काठमाडौं । २०७४ सालमा सम्पन्न भएको स्थानीय चुनावमा छोरी रेणुलाई भरतपुरमहानगरको मेयर बनाएर माओबादी अध्यक्ष प्रचण्डले राजनीतिमा परिवारबाद लाई प्रवेश गराएका थिए । सम्पन्न यो स्थानीय निर्वाचनमा माओबादी अध्यक्ष प्रचण्डको त्यो करामतको अन्य दलका प्रभावशाली नेताहरुले पनि नक्कल गरेको देखियो । तर यो पटक राजनीतिमा परिवारबाद घुसाउने प्रयाश सफल हुने संकेत देखिएको छैन ।
गठबन्धनलाई उपयोग गरेर बलजफती रुपमा भरतपुर महानगरको मेयरमा छोरी रेणुलाई दोहो¥याउने प्रयाशलाई असफल पार्न अहिले भरतपुरका स्थानीय काग्रेंस कार्यकर्ताले विद्रोह गरेका छन् र यो विद्रोहलाई काग्रेंसको सस्थापना ईतरपक्षको नेतृत्व तहले पर्दा पछाडीबाट समर्थन गरी राखेको छ । यही कारणले गर्दा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार रहेकी प्रचण्ड पुत्री रेणुले घोर संकटको सामना गरी राखेकी छन् । पार्टी भित्र परिवारवाद लाद्ने माओवादी अध्यक्ष दाहालको दृष्टिकोणबाट प्रेरणा लिएर जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्ना छोरा अमरेन्द्र यादवलाई गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाएका छन् । तर नेताले आफ्नो पुत्रलाई नै अगाडि बढाएर पार्टी भित्र परिवारवाद लाद्न थालको यो अभ्यास प्रति विराटनगरका जनताले ठाडै अस्वीकार व्यक्त गरेका छन् र विराटनगर महानगरपालिकाको उपमेयरमा यही कारणले गर्दा एमालेकी उम्मेदवार शिल्पा कार्कीले विजय प्राप्त गर्ने स्थिति बनेको छ । गत मंसीरमा सम्पन्न भएको महाधिवेशनको क्रममा सभापतिको लागि भएको निर्वाचनको दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेवापत यो स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट आफ्नी पत्नी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने अवसर कांग्रेस नेता प्रकाशमान सिंहले प्राप्त गरेका थिए । श्रीमती मार्फत् नेपाली कांग्रेसमा परिवारवाद लाद्ने प्रकाशमान सिंहको यो योजनालाई काठमाडौंबासीले ठाडै अस्वीकार गरिदिएको सृजना सिंहले तेस्रो स्थान भन्दा माथि आउन नसकेको अवस्था छ । यसरी संविधान र लोकतन्त्रमा संकट आएको भन्दै सरकारमा रहेका पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा आउँदा गठबन्धनका कतिपय नेताले भने गठबन्धनको दुरुपयोग गरेर पार्टीमा परिवारवाद लाद्न खोजेको नियोजित योजनालाई जनताले नराम्रोसँग पराजित गरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *