कांग्रेस खेमाका पत्रकार भित्र रडाको

समाचार

काठमाडौं । चुनाव जित्नको लागि रमाउने र व्यवसायी बनि पत्रपत्रिकाको पिडामा रमाउने चरित्र नै सरकारले दिलाउने पुरस्कार तथा पदकको भागीदार बन्ने गरेका कारण कांग्रेसी प्रेस युनियनमा रडाको मच्चिएको छ । पत्रपत्रिका तथा संचार गृहको साइनो समेत नभएका बेला पत्रकार बन्न अरुलाई लेखाएर चर्चामा आउनेको लर्काे कांग्रेसमा ठूलो छ । पत्रकार महासंघलाई कमाईको भाँडो बनाएर त्यहाँको प्रोजेक्ट फ्रिडम फोरमा लैजाने होइन वा महासंघको पैसाले प्रेस किन्ने र चुनावका बेला निष्ठावान हुने गर्दछन् ।
सबैलाई लाग्ने कानून एमालेका अध्यक्ष केपी ओलीलाई नलागेजस्तै पत्रकारितामा प्रेस युनियनलाई लाग्दैन । त्यही कारण अध्यक्ष नियुक्ति पोखरेल र कोषाध्यक्ष मिलेर महासंघको लोगो बेचे । उपाध्यक्ष कांग्रेस केन्द्रीय सदस्यको उम्मेद्वार बनेर लज्जाजनक हार बेहोरेर पनि महासंघमै रमाउन लाज मानिनन् । कांग्रेसले सत्ता गठबन्धनका पत्रकारहरुप्रति भेदभाव र पक्षपात गरेको छ । राष्ट्रिय पत्रकारिता पुरस्कारको वितरण प्रक्रियामा त्यही भयो ।
कांग्रेसका पत्रकारहरुले आफ्नो पार्टी सरकारमा छँदा कहिल्यै पनि पत्रपत्रिकाको हितका निर्णय गर्न गराउन सक्दैनन् । चाहे किशोर नेपाल, हरिहर विरही, तारानाथ दाहाल, विष्णु निष्ठुरी सभापति हुँदा होस् वा विपुल पोखरल हालका अध्यक्ष हुँदा होस् । राज्यले दिने राष्ट्रिय पत्रकारिता पुरस्कारमा समेत भेदभाव छ । राजनीतिक नियुक्ति पनि लिने, पुरस्कार पनि थाप्ने लाज नभएका क्रान्तिकारीहरु पनि थपिएका छन् । कांग्रेसलाई सत्ता गठबन्धन गर्न राजनीतिक शिक्षा दिने पहिलो ज्ञान पत्रकार महासंघको चुनाव नै थियो । तर पोखरेलको कार्यकाल भित्र कांग्रेसबाहेक प्रेस सेन्टर, समाजवादी प्रेसले समान हैसियतमा अडान लिन नसकेर आम कार्यकर्ता बिचमा आलोचित बन्दैछ । महासंघमा सभापति सर्वेसर्वा हो । तर अहिले पदाधिकारीमै युनियन हावी छ ।
राजनीतिमा निष्ठा हराउँदा व्यवसायिकता र पेशागत इमान्दारिता गुमेजस्तै एमालेको ओली नेतृत्वको सरकारमा प्रेस काउन्सिलले दिने पुरस्कारमा पनि त्यस्तै भयो । नातावाद सबैतिर हावी हुँदा प्रेस युनियन उम्कँदैछ । त्यही कारण युनियनको नेतृत्व लिन सरोज अधिकारी, शिव लम्साल, खिला कार्की, दिलीप पौडे, रामप्रसाद दाहाल, अनिता विन्दहरुको फरक फरक मोर्चा छ । पत्रकार महासंघलाई पेशागत मर्यादा र भेदवादरहित बनाउने काम चौतारीबाट सभापति जिताइएका शिव गाउँले र महेन्द्र विष्टले समेत सुरु गरेका हुन् । तर युनियन आउनासाथ ध्वस्त भयो । प्रेस सेन्टका गोविन्द आचार्य अध्यक्ष भएको पत्तो भएन । अहिले युनियनको बहुमत छ । तर पत्रकार महासंघभित्र पक्षपात छ । नेपाली कांग्रेसका नेताहरु संस्थापन र इतर पक्षको नाममा लडेका छन् । त्यही कारण जेठ १२, १३ र १४ गते गर्ने भनिएको युनियनको अधिवेशनमा अधयक्ष हात पार्न सभापति देउवा वरिष्ठ नेता रामचन्द्र बागी नेता डा.शेखरदेखि कृष्ण सिटौलासम्मको चाकडी गरी रडाको मच्चाउनेहरु बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *