स्थानीय निर्वाचनले दिएको सन्देश

समाचार सम्पादकीय

सम्पादकीय

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको रहलपहल बाहेक सबै स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । यो निर्वाचन परिणाम न त चुनावको प्रचार प्रशारको क्रममा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका अन्य केही नेताले दाबी गरे जस्तो नेकपा एमालेलाई दुरवीन लगाएर खोल्नु पर्ने तहको नै आयो । न त नेकपा एमालेका अध्यक्ष के.पी. ओलीले अभिमानपूवक व्यक्त गरेको गठबन्धनसँग भिड्न एमाले पर्याप्त छ भन्ने भनाई अनुसारको नै आयो ।
यो निवाचन परिणामले स्पष्ट रुपमा राजनीतिक नेता भन्दा चेतनाको दृष्टिले जनता अगाडी अगाडी छन् भन्ने प्रष्ट रुपले देखाएको छ । त्यसकारण राजनीतिक दलहरुले यो निर्वाचन परिणामलाई जितहारको रुपमा नभएर अमुल्य शिक्षाको रुपमा लिँदा दलहरुको मात्र हाईन । हामीले अवलम्बन गरी राखेको संसदीय पद्दतिको समेत भलाई हुन्छ भन्दा अन्यथा हुँदैन । हाम्रा राजनीतिक नेतामा हरेक घटनामा सकारात्मक सोचबाट होईन घमण्डी दिमागबाट सोच्ने र त्यही सोच अनुसारको व्यावहार गर्ने र त्यसैमा रमाउने प्रवृत्ती छ । यही कारणले गर्दा हामी कहाँ लोकतन्त्र पनि सफल हुन सकेको छैन । नेताहरु पनि बदनाम भै राखेका छन् । यो मामिलामा सबैभन्दा अप्ठेरो पक्ष के छ भने, हाम्रा नेताहरुले आफनो गल्ती कहिले स्वीकार गदैनन ।
तर अब सत्ता उन्मादमा रहेका नेताहरुले गल्ती स्वीकार्न र स्वस्थ चुनावलाई कुस्ती नसम्झिएर प्रजातान्त्रिक अभ्यास सम्झन ढिलो गर्नु हुँदैन । यदी यो मामिलाबाट दल र नेताले पाठ नलिने हो भने अहिले ठुला दल र उनीहरुका उम्मेदवारले भोगेको चुनौती भोली पद्दतीले भोग्नु पर्ने हुन सक्छ । त्यसकारण प्रजातान्त्रिक अभ्यास अन्तरगत भएको चुनावलाई राजनीतिक दलले शक्ति प्रदर्शनको रुपमा होईन नियमित अभ्यासको रुपमा लिनु पर्दछ । किनभने स्वस्थ निवाचन भनेको विशुध्द प्रजातान्त्रिक अभ्यास हो । यस बाहेक बुझनु पर्ने महत्वपूर्ण पक्ष के छ भने, अहिले राजनीतिक दलहरुको गतिविधि प्रति जनतामा आक्रोश बढी राखेको छ । यो अवस्थाको पुष्टी अहिले आई राखेको चुनाव परिणामले पनि गरिराखेको छ । र, यसबाट शिक्षा लिएर अगाडी बढनका लागि पनि चुनावी परिणामको जित हारलाई बिर्सिएर अगाडी बढ्दा नै कल्यान हुने देखिन्छ ।
तर नेपालका राजनीतिक दलका नेतामा भएको परिपक्कताको कमी र आगामीे आम निवार्चनको कारण यो सुझबुझ देखाउने अम्भावना कम छ । नेपालका दल तथा नेता भएको समझदारी र संयमताको अभाव कै कारणले गर्दा नेपालमा लोकतन्त्र बदनाम र असफल भै राखेको छ । तर यसबाट कसैले शिक्षा लिएका छैनन् । यही कारणले गर्दा ठूलो त्यागबाट प्राप्त भएको परिवर्तन प्रति पनि नेपाली जनताले अपनत्व महशुश गर्न सकीराखेका छैनन् । त्यसकारण एक होईन धेरै एजेण्डा मुद्दामा सम्पन्न स्थानीय चुनावबाट हाम्रा दलहरुले शिक्षा लिनु पर्दछ । तर सत्ता र स्वार्थमा डुबेका दलहरुले यस्तो इतिहासिक घटनाबाट पाठ सिक्ने सम्भावना छैन । सम्पन्न स्थानीय निर्वाचनमा स्वार्थमा डुबेका दलका नेताहरुले सत्ताका निम्ति सम्झैता गरेका थिए र यो सम्झैताको परिणाम स्थानीय चुनाव परिणाममा मात्र सिमित हुने छैन ।
यसैले गर्दा चुनावी प्रतिष्प्रर्धा र शत्रुता त्यागेर सहकार्य आवश्यक भएको भनिन्छ । यसो हुन सक्यो भने दलहरुमा राजनीतिक परिपक्कता देखिने छ । यसबाट दलहरुप्रति वितृष्णा घट्दै गएको छ । अनि त्यो स्थितिमा अहिले जस्तो दलहरुका निम्ति स्वतन्त्र उम्मेदवार गम्भिर चुनौती पनि बन्ने छैनन् । यो विषयमा ध्यान दिएर बुझनु पर्ने के देखिएको छ भने, मतदाता सोचे भन्दा परिपक्क भएको अहिले आई राखेको चुनाव परिणामले देखाएको छ । यस कारणले गर्दा पनि दलहरुलाई आप्mनो सोच बदलेर अगाडी बढ्न जरुरी देखिन्छ र सम्पन्न निर्वाचन परिणामले दिएको शिक्षा यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *