सडक विभागको महानिर्देशक को ?

समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तर मार्दै आएका रविन्द्र श्रेष्ठले आर्थिक चलखेलमा लागेर सचिव पद जोगाएको आरोप लागेको छ । सचिव रविन्द्र श्रेष्ठ तत्कालीन नेकपाको सरकारमा सडक विभागको महानिर्देशक बन्नलाई तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटालाई प्रयोग गरी प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रयोग गरी महानिर्देशक भएका थिए । महानिर्देशक भएपछि सडक विभागमा हुने काममा भाँडभैलो गरी ठेक्कापट्टादेखि निर्माण व्यवसायीको ठेक्कामा मोटो रकम लिएको बताइन्छ । तर उनी सचिवमा बढुवा भएदेखि भौतिक मन्त्रालयमा बस्दै आएका छन् । मन्त्रीले भन्दा सचिवले मन्त्रालय चलाएको आरोप छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा बसेर ठेक्कापट्टा, सडक विभागदेखि प्रदेश प्रमुख सरुवा बढुवामा सचिव रविन्द्र श्रेष्ठले गर्दै आएको आरोप छ । सचिव रविन्द्र श्रेष्ठले केहीस् पत्रकार प्रयोग गरेको आरोपसमेत लागेको छ ।
सरकार फेरिएसँगै सबै मन्त्रालयका सचिव फेरिने चलन भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव फेरिएको छैन । नेपाल सरकारका सबै मन्त्रालयका सचिव एकदेखि दुई पटकसम्म सचिव फेरिएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव एकदेखि दुई पटकसम्म सचिव फेरिएपनि भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ अहिलेसमम फेरबदल नहुनु भनेको दालमा कुछ काला भन्ने भनाई भएको छ । रेणु यादव भौतिक पूर्वाधार मन्त्री भएयता सबैभन्दा चर्चित र भ्रष्टाचारमा माहिर मानिन्छन ? यस्ता मन्त्रीलाई रिझाउन खप्पिस रविन्द्र श्रेष्ठले कति काम गरे होला र कसरी मन्त्रीलाई रिझाएका होला पत्रकारहरु आफैंले बुझ्ने कुरा भन्दै एक कर्मचारी । जे होस् राम्रै गरेका छन् रविन्द्र श्रेष्ठ । अहिले सडक विभागमा महानिर्देशक खाली छ । तत्कालीन सडक भिवागकान महानिर्देशक शिवहरी सापकोटा उमेर हदको कारण गत वैशाख १८ गते अवकाश पाएपछि सडक विभागको महानिर्देशक खाली भएको छ भने निमित्त शिव नेपालले पाएका छन् । अब पालो शिव नेपालको हो, तर शिव नेपाल कर्मचारीभित्र सिनियर भएको हिसाबले महानिर्देशक बन्न पाउनेछन् । तर यो नेपालमा भर छैन । सडक विभागको महानिर्देशक बन्नलाई तत्कालीन महानिर्देशक अर्जुनजंग थापा लागिपरेका छन् भने अर्जुनजंग थापालाई फालेर शिवहरी सापकोटालाई २ महिने डिजी बनाइएको थियो । शिवहरी सापकोटको अवकाश पाएसँगै सडक विभागको महानिर्देशक बन्नलाई तीन जनाको हानथाप चल्ने गरेको छ ।
यसमध्ये पहिलो नम्बरमा शिव नेपाल रहेका छन् भने दोस्रो नम्बरमा तत्कालीन महानिर्देशक अर्जुन थापा लागिपरेका छन् । तेस्रो नम्बरमा अर्जुनबाबु ढकाल लागेको बताइन्छ । हेरौं कसको खप्परमा श्री लेखेको छ त्यही महानिर्देशक बन्छ भन्दैछन् एक भुक्तभोगी कर्मचारी । सडक विभागमा करोडौंको खेल हुन्छ, सडक विभागको डिजी बन्न पापड बेल्नुपर्छ । जसले करोडौं खर्च गर्छ, त्यही डिजी बन्नेछ भन्दै थिए । तर सडक विभागमा करोडौं करोड जसले खर्च गर्छ, त्यही डिजी बन्नेछ भन्दै थिए कर्मचारी । सडक विभागमा करोडौं भ्रष्टाचार गर्ने व्यक्ति राम्रो हुन्छ, राम्रो काम गर्ने व्यक्ति सँधै बाहिर बस्नुपर्ने बाध्यता छ । अहिले सडक विभागभन्दा मध्य मदन भण्डारी राजमार्गमा करोडौं रुपैयाँ बजेट भएतापनि विकासको काम भने शून्य रहेको छ । मदन भण्डारी राजमार्ग आयोजनामा अशोक तिवारीले राज गर्दै आएका छन् भने त्यसपछि तिवारी आठ महिनापछि घर जाँदै छन् । अशोक तिवारी भने रुखो स्वभाव भएको कारण प्रायजसोले मन पराउँदैनन् । उनी चाहिं भ्रष्टाचार गर्न माहिर मानिन्छन् ।
अशोक तिवारी प्राय जसो मालदार ठाउँमा बस्दै आएका छन् । उनी खान पनि माहिर छन् भने खुवाउन पनि पछि रहेका छन् । उनी ललितपुर डिभिजनमा बसेका थिए । त्यसपछि चरिकोट डिभिजन, त्यसपछि विभिन्न ठाउँमा बस्दै आएका व्यक्ति हुन् । अशोक तिवारीको भ्रष्टाचारको मुद्दा अख्तियारमा विचाराधीन अवस्थामा रहेको बताइन्छ । तर यस्ता विषयमा अशोक तिवारीले कुनै मतलव गरेका छैनन् । अशोक तिवारीले राजनीतिक दलका नेतादेखि मन्त्रीलाई गन्दैनन् । सरकारले स्थानीय चुनावपछि सडक विभागको महानिर्देशक कसलाई बनाउँछ । सडक विभागमा पैसाको चलखेल हुने भएकाले यसै भन्ने अवस्था नभएको कर्मचारीले बताउने गरेका छन् । उता सचिव रविन्द्र श्रेष्ठको हातमा समेत भएकाले केही भन्ने अवस्था छैन । सचिव रविन्द्र श्रेष्ठले भौतिक मन्त्रालयमा सरुवा बढुवादेखि निर्माण व्यवसायीलाई समेत रिझाएर करोडौं कमाएको आरोप लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *