एम्बुलेन्सको दुरुपयोग, ९० किलो गाँजा बरामद

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजासहित ईलाका प्रहरी कार्यलय लहानमा राखिएको डीएसपी मैनालीले बताए ।

पूर्व पश्चिम लोकमार्गमा पूर्व जाँदै गरेको एम्बुलेन्सलाई लहानबाट पक्राउ गरिएको हो । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *