भूमि र संघिय निजामति ऐन नआउने संकेत, मुख्य सचिव जागिरे खोजिमा

राजनीति समाचार

काठमाडौं । संघिय निजामति ऐन ल्याउनको लागि मुख्य सचिव एक नारायण अर्याल लागिपरेतापनि संघिय निजामति ऐन र भूमि ऐन लागु नहुने देखिएको छ । भूमि ऐन लागू गर्नको लागिबहुमत चाहिन्छ । राष्ट्रिय सभामा कांग्रेस र एमालेको बहुमत नपुगेपछि भूमि ऐन लागू नहुने प्राय निश्चित भइसकेको छ । भूमिदेखि अन्य चार वटा ऐन लागू गर्नलाई बहुमत नपुग्ने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रीमण्डलमा सहभागी गराएर शिक्षा अथवा स्वास्थ्य मन्त्रालय दिने योजना बनाएर राष्ट्रिय सभामा बहुमत पु¥याउने खेलोफड्को केपी ओली सरकारले गरेको थियो ।

तर केपी ओली सरकारले सो खेलोफड्को गरेतापनि जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने भनेपछि राष्ट्रिय सभामा कांग्रेस र एमालेको बहुमत नपुग्ने भएको छ । त्यहि बहुमत नपुगेकै कारण भूमि ऐनदेखि अन्य केहि ऐनहरु लागू नहुने निश्चित भएको छ । राष्ट्रिय सभामा बहुमत नपुगेकै कारण भूमि ऐन नआउने प्राय निश्चित भइसकेको छ । भुमि ऐनसँगै कर्मचारी संघिय निजामति ऐन पनि नआउने करिब करिब निश्चितजस्तै बनेको छ । मुख्य सचिव एक नारायण अर्यालले संघिय निजामति ऐन लागू गर्न नसक्ने भएका छन् । संघिय निजामति ऐन नआउने भएपछि मुख्य सचिव अर्यालको जागिरे अवधि पनि आगामी कार्तिक÷मंसिरभित्र सकिदैँ छ । अर्यालको जागिरे अवधि छोट्टिदैँ छ । जागिरे अवधि छोट्टिएसँगै अर्याल जागिरको खोजीमा छन् ।

अर्यालको जागिर छोटिएसँगै उनको नजर कित निर्वाचन आयोग कित अख्तियारतिर पर्न थालेको छ । सरकारले निजामित ऐन जारी गरेको खण्डमा अर्यालको जागिर दुई वर्ष थपिने थियो । सरकारले संघिय निजामति ऐन ल्याउन नसकेपछि अर्यालको जागिर छोट्दिै गएको छ । त्यहि जागिर छोटिदै गएसँगै अर्यालको ध्यान निर्वाचन आयोग कित अख्तियारतिर गएको छ । कांग्रेस र एमालेकै सरकार रहिरह्यो भने अर्याल कित निर्वाचन आयोगमा पुग्छन् कित अख्तियारमा पुग्छन् । हालका मुख्य सचिव एकनाराण अर्यालले तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्याललाई तेराम्याक्स काण्डमा फसाएर आफू मुख्य सचिव बन्ने दाउँमा रहेका थिए ।

नभन्दै वैकुण्ठलाई भ्रष्टाचार काण्ड लागेपछि एक नारायण अर्याल मुख्य सचिव बन्न लागिपरेका थिए । तर प्रधानमन्त्री केपी ओलीले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई २८ दिने मुख्य सचिव बनाइदिए । त्यसपछि अर्याल हच्किए । गड्तौला उमेर हदको कारण अवकाश गएपछि एक्कासी फेरि मुख्य सचिव बन्नको लागि न्वारनदेखिको बल निकालेर चलखेलमा लागि परे । अर्याको चलखेल पनि सफल भयो । अर्यालले आफूभन्दा सिनिएर तीनजना सचिवलाई पाखा लगाएर आफू मुख्य सचिव हुन सफल भएका व्यक्ति हुन् । तीनै अर्याल निजामति ऐन ल्याउनलाई न्वारनदेखि बल निकालेर लागि परेका छन् । तर सरकारले निजामति ऐन जारी गर्ने अवस्था छैन । त्यसकारण मुख्य सचिवको जागिर छोट्दिै गएको र अख्तियार र निर्वाचनमा आयोगमा आँखा लगाउन थालेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *