कालिन्चोक गाउँपालिका वडा नं. ५ सहित अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी विजयी

राजनीति वाग्मती प्रदेश समाचार स्थानीय तह

काठमाडौं । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका गठबन्धनबाट अध्यक्षमा अर्जुनप्रसाद शिवाकोटी र उपमेयरमा गठबन्धनकै कुलबहादुर बुढाथोकी विजयी भएका छन्।

अध्यक्षमागठबन्धन तर्फबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र उपाध्यक्षमा कुलबहादुर बुढाथोकी विजयी भएका छन् । यसअघि एमालेका किल्ला भनेर चिनिएका धेरै ठाउँमा नेपाली कांग्रेसको नेतृत्वमा भएको गठबन्धन विजयी भएको छ ।

यसरी लामो समयदेखि एमालेको किल्ला भनेर चिनिएका दोलखाका अधिकांश ठाउँ नेपाली कांग्रेस, नेपाल क्रम्युनिस्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले तोड्दै आएको छ ।

कालिन्चोक गाउँपालिकामा   मेयर र उपमेयर जित्न सफल भएका छन् । यसरी दोलखाका एमाले लालकिल्ला तोड्दै एकपछि अर्को गर्दै गठबन्धनले विजय प्राप्त गरेको छ ।

त्यसैगरी कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी विजयी भएका छन् । त्यस्तै वडा अध्यक्षहरु वडा नं. १ मा पदमबहादुर, (एमाले), वडा नं. २ मा विक्रम पाण्डे (माओवादी), वडा नं. ३ मा दलबहादुर तामाङ (कांग्रेस), वडा नं. ४ मा दीपक खुलाल (कांग्रेस), वडा नम्बर ५ मा सहदेव खड्का, माओवादी र (कांग्रेस), वडा नम्बर ६ मा भरत पाण्डे (कांग्रेस), वडा नं. ७ मा राम पाण्डे माओवादी, वडा नं. ८ मा सूर्यबहादुर आचार्य बालकृष्ण (कांग्रेस) र वडा नं. ९ मा रामप्रसाद मैनाली नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *