लमजुङको क्व्होलासोथरमा एमाले विजयी

राजनीति समाचार स्थानीय तह

काठमाडौं ।  लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ८५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत प्राप्त गर्नुभयो । मङ्गोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ एक हजार ६४९ मतान्तरले विजयी हुनुभएको छ । उहाँले तीन हजार ९८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । व्होलासोथरमा ९ हजार २९८ मतदाता रहेकामा ६ हजार ६५७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *