बागमती प्रदेशसभा बैठक आह्वान

राजनीति समाचार

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *