तत्कालीन मन्त्रीहरुको यस्ता छन् कालाकर्तुहरु

राजनीति समाचार

काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धन सरकारले जाँदाजाँदै केही कर्मचारी र सचिवहरु बढुवा गरेर आर्थिक लाभ लिएको थियो । त्यसमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले भविष्यको राजनीतिलाई सुरक्षित गर्नको लागि आफ्ना आसेपासेलाई मालदार ठाउँमा सरुवा, बढुवा गरेर बचावट गरेका थिए ।

त्यसैगरी भूमि तथा कृषि सहकारी मन्त्री शशी श्रेष्ठले नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिसमेत नलिइकन गत पुस ८ गतेको मिति राखेर पुस १२ गते सरुवा गरेर मन्त्रालय छाडेकी छिन् ।

उनले मन्त्रालयका जनक जोशीलाई नापी विभागको महानिर्देशकमा सरुवा गरिन् । यति मात्रै होइन, मालपोत विभागका महानिर्देशक पिताम्बर घिमिरेलाई समेत सरुवा गरी भूमि तथा सहकारी मन्त्रालयमा ल्याएकी छिन् । त्यसमा पनि मालपोत विभागको महानिर्देशकमा प्रेमनिधि सोतीलाई नियुक्ति गरेकी छिन् ।

उनले मालपोत र नापी विभागको डिजीमा ठूलो चलखेल गरेर आर्थिक लाभ राम्रैसित हासिल गरेको बताइन्छ । त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री जीवनराम श्रेष्ठले मन्त्रीबाट जाँदाजाँदै होटल तथा नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीलाई हटाएर नारद लुइटेललाई नियुक्ति गरेर राम्रो आम्दानीको स्रोत जोहो गरेको बताइन्छ । अधिकांश तत्कालीन सरकारका मन्त्रीहरुले चाहिँदो नचाहिँदो सरुवाबढुवा गरेर आर्थिक लाभ लिएको समाचार स्रोतले बताएको छ ।

तत्कालीन सरकारको एमाले अध्यक्ष केपी ओलीको पालामा नापी विभागका महानिर्देशक प्रकाश जोशीले नेपालको चुच्चे नक्सा बनाउन महत्वपूर्ण भूमिका खेलेर भारतको हडपेको जमीन नेपालको नक्सामा समेट्न सफल भएका थिए ।

यसरी गुमेको जमीन नेपालमा फर्काउन भूमिका निर्वाह गरेका जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत स्वीकृति नलिइकन कुनै कार्यालयको सहयोगी सरुवा गरेजस्तै नापी विभाग र मालपोतका डिजी सरुवा गर्नुमा लाखौ पैसा खाएर दुई निकायको महानिर्देशक मन्त्री शशी श्रेष्ठ फेरबदल गरेको समाचार स्रोतको दावी छ ।

किन कि मालपोत र नापीमा राम्रो काम गरिरहेका व्यक्तिहरुलाई एकाएक हटाएर सरकारबाट जाँदाजाँदै अन्य व्यक्तिलाई नियुक्ति गरेर जानु भनेको दालमा कुछ कालो भन्ने बुझिन्छ । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *