भीमेश्वर नगर प्रमुख मानन्धरलाई पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुद्वारा बधाइ

प्रमुख राजनीति समाचार

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरलाई पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले भेटेरै बधाइ तथा दिएका हुन् । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका नेता हुन् ।

नेविसंघबाट तरुण दलहुँदै कांग्रेस राजनीतिमा सक्रिय मानन्धर अहिले भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका छन् । यसअघिका निर्वाचनमा सधैं एमालेले जितेको भीमेश्वरमा यसपटक नेपाली कांग्रेसबाट सानदार मतका साथ मानन्धर विजयी भएका छन् ।

मानन्धरको विजयसँगै दोलखामा नेपाली कांग्रेसको संगठन बलियो हुनेमा नेताहरु ढुक्क छन् । उता स्वच्छ धविका नेता मानन्धरको आगमनले भीमेश्वरको विकास अगाडि बढ्नेमा नगरवासी विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *