प्रेस युनियनको केन्द्रीय खुल्ला सचिवमा कालिका महतको सशक्त उम्मेदवारी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको अन्तिम तयारी मकवानपुरको हेटौंडामा भइरहेको छ ।

उक्त तयारीसँगै प्रेस युनियनको केन्द्रीय खुल्ला सचिव पदमा पुराना पत्रकार कालिका महतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस स्वतन्त्रता र स्वरोजगारमुलक पत्रकार हकहितका लागि निरन्तर क्रियाशील महतले केन्द्रीय सचिव पदमा उमेम्मदेवारी घोषणा गरेका हुन् ।

साप्ताहिक विमर्शबाट पत्रकारिता सुरु गरेका महतले देशान्तर साप्ताहिक, तरुण साप्ताहिक, नयाँ विमर्श साप्ताहिक, मूलधार साप्ताहिक, नयाँ विकल्प, सत्याग्रह, सिमांकन साप्ताहिकलगायत झन्डै दुई दर्जन बढी साप्ताहिक, त्यसैगरी दुई दर्जनबढी मासिक, पाक्षिक र अनलाइन मिडियामा क्रियाशील छन् ।

तीन दशक हाराहारी सञ्चार क्षेत्रमा क्रियाशील महत साना लगानीका सञ्चार गृहका पत्रकार र श्रमजीवि पत्रकारका समस्यालाई नजिकबाट नियाल्ने र समाधानका लागि आवाज बुलन्द गर्दछन् ।

तीनदशक हाराहारी विसुरुद्ध सञ्चार क्षेत्रमा क्रियाशील महत पत्रकारिता क्षेत्रलाई व्यवसायिक, मर्यादित, जवादेही र आकर्षक बनाउन निरन्तर सक्रिय छन् । मकवानपुरको हेटौडामा यही साउन ६ र ७ गते हुन गइरहेको नवौं महाधिवेशनका लागि देशभरबाट झण्डै सत्र सय हाराहारी सञ्चारकर्मी केन्द्रीय पार्षद् निर्वाचित भएर आफ्ना पक्षका उम्मेदवारलाई विजयी गराउन हेटौंडा आउने छन् ।

यस नवौं महाधिवेशनले नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्दैछ । हेटौंडामा हुन गइरहेको नेपाल प्रेस युनियनको यस महाधिवेशन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *