प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा (खुला) रामचन्द्र सिलवालको उम्मेदवारी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवांै महाधिवेशनको अन्तिम तयारी भइरहेको छ ।

उक्त तयारीसँगै प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा देश दर्पण साप्तहिकका सम्पादक रामचन्द्र सिलवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस स्वतन्त्रता र स्वरोजगारमुलक पत्रकार हकहितका लागि निरन्तर सक्रिय सिलवालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दशक भन्दा बढी सञ्चार क्षेत्रमा क्रियाशील सिलवाल साना लगानीका सञ्चार गृहका पत्रकार र श्रमजीवि पत्रकारका समस्यालाई नजिकबाट नियाल्ने गर्दछन् ।

पत्रकारिता क्षेत्रलाई व्यवसाहिक र मर्यादित बनाउन सिलवाल निरन्तर सक्रिय छन् । यही साउन ६ र ७ गते मकवानपुरको हेटौडामा गते हुन गइरहेको नवांै महाधिवेशनका लागि देशभरबाट झण्डै सत्र सय केन्द्रीय पार्षद् आफ्ना नेतालाई विजयी गराउन हेटौंडा आउने छन् ।

हेटौंडामा हुन गइरहेको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनले नया नेतृत्व चयन गर्नेछ । उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं कांग्रेस शभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *