ओलीको आह्वानले झाक्रीलाई राहत

राजनीति समाचार

काठमाडौं । जेनजी आन्दोलनले दलहरुको तागत देखाइदियो । त्यो सरकारलाई जेनजी र सेनाले लतार्दा पार्टी नेतृत्वबाट डा. बाबुराम भागे । प्रचण्डलाई संयोजक बन्न मन लाग्यो । कांग्रेस सभापतिले पद त्याग गरेनन्, कार्यबहाक पद उपसभापति पूर्वबहादुर खड्कालाई सुम्पिए । यहीं बेला नेकपा एमालेमै फर्कन रामकुमारी झाक्री र झलनाथ खनाल भने तयारी गर्दैछन् । राजनीतिमा स्थिरता नहुँदा रामकुमारीलाई टिक्ने ठाउँ छैन ।

आफैंले हात समातेर पार्टी फुटाउन माधव नेपाललाई निर्वाचन आयोगमा लिएर जाने झाक्री नेकपा एसमा अराजक नेतृको रुपमा परिचित छिन् । उनले कहाँ के बोल्ने हो त्यो ज्ञान नहुँदा आफ्नो क्रेज खस्केको पत्तो पाउँदिनन् । आफ्नै गृहजिल्ला गुल्मीमा गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्दा समाजवादीको जमानत जफत भयो । रामकुमारी उम्मेदवार थिइन् । अहिले उनलाई पार्टीमा फर्काउन तीनै गोकर्ण र योगेशहरुको जोड थियो । तर, एमालेमै उनीहरु दोस्रो दर्जाका बनाइएका छन् । अध्यक्ष ओली आफू पुनःअध्यक्ष बन्ने दाउमा छन् । तर, रामकुमारीहरुलाई सहज गरी पार्टीमा भित्र्याएर न त एमालेको खस्केको शाख बढ्छ न त ठूलो पार्टी बन्ने अवस्था छ । यो अवस्थामा रामकुमारी र झलनाथहरु एमाले प्रवेशले के नै फरक पर्छ र भन्नेहरु पनि त्यत्तिकै छन् ।

एमाले अध्यक्षले वामपन्थी सहकार्यका नाममा ठूलो जमात हेर्ने नै भएका छन् । किन कि चुनाव जित्न भीड जरुरी हुन्छ । त्यो भीडमा एकीकृत समाजवादीसमेत समाहित हुँदैन । त्यहीं कारणले ओलीले सबैलाई एमालेमा फर्कन भनेका छन् । कार्यकर्ता नभएको नेता भएको सबैलाई टिकट दिनुपर्ने पार्टीलाई एमालेमा ल्याएर संकटका बेला आफैलाई काँध हाल्ने कार्यकर्ता र नेतालाई बोकेर जति फाइदा लिन सकिन्छ त्यति फाइदा अरुलाई ठाउँ दिँदा सम्भव छैन भन्ने कुरा सबैले बुझेका छन् ।

झाक्री ओलीलाई भेट्न गुण्डु पनि पुगिन् । झाक्री एकीकृत समाजवादी भन्दा एमाले प्यारो बन्नुको कारण चुनाव हो, त्यो सबैले बुझेका छन् । गोकर्ण बिष्टकै क्षेत्रमा ओलीको विस्वासी बन्दा टिकट पाउने सम्भावना झाक्रीले देखेकी छिन् । तर, पार्टीकै पदाधिकारीलाई आफ्नो मान्छेलाई भएन भन्दैमा टिकट रोक्ने तागत ओलीमा पनि छैन । किन कि एमालेभित्र वृहत वामएकताको कुरा उठिरहेको छ । त्यो बेला पनि नेकपा एकीकृतबाट एमाले प्रवेश गर्न जो चाहन्छन् तीनको व्यक्तिगत सम्बन्धले मात्र जनमत आउँदैन भन्ने कुराको हेक्का एमाले अध्यक्ष जस्तो चलाख नेताले बुझ्छन् ।

जनताको बहुदलीय जनवादको लिखत दस्तावेज समेत झलनाथकै कारण बनेन । महासचिव घनश्याम भूषाल समाजवाद भन्छन् । झलनाथको बाटो त्यहीँ हो । जबज नै नछाड्ने भए एमाले छँदैछ । घनश्यामको त्यो समाजवादी धार आलोकनगरबाट बाहिरिन सकेको छैन । यसैबीच एकीकृत संस्थापन, माओवादी र महेन्द्र यादवको समाजवादी पार्टीबीच एकता हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *