भावी आईजीपीमा कसले मार्ला बाजी ?

राजनीति समाचार

काठमाडौंं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गते अवकासमा जाँदै छन् । खापुङ आईजीपी भएको हप्तादिन नबित्दै देशमा जेनजी पुस्ताहरुले गरेको गत भदौ २३ र २४ गते गरेको आन्दोलनबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो । जनधनको क्षति भएसँगै कांग्रेस र एमालेको गठबन्धन सरकार पनि भत्किन थियो । त्यो घटनाले नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई आइजीपी भएको पहिलो गाँसमा ढुंगा लाग्यो ।

खापुङलाई ढुंगा मात्रै लागेन नेपाल प्रहरी इतिहासमै बदनाम हुन पुग्यो । महानिरीक्षक खापुङले जेनजी पुस्ताको आन्दोलनलाई साधरण रुपमा लिए । सो आन्दोलनलाई साधरण रुपमा लिएकै कारण देश नै सखाप हुन पुग्यो । त्योसँगै राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरु नै असुरक्षित भए । राजनीतिक दलका नेतामाथि सांघातिक आक्रमण हुनुका साथै निजी निवासमा तोडफोड, आगजी र लुटपाटसमेत भएको थियो । सिंहदरबार, राष्ट्रपति भवन र प्रहरी कार्यालयमाथि तोडफोड र आगजनी हुनुका साथै सम्पूर्ण सरकारी सामानहरु सखाप पारिएको थियो । राष्ट्रिय सम्पत्ति तोडफोड र आगजनी हुनुका साथै राष्ट्र प्रमुखलगायत प्रधानमन्त्री र पार्टीका शीर्ष नेतामाथि आक्रमण हुँदा प्रहरी महानिरीक्षक खापुङ बेखबर जस्तै देखिएका थिए ।

खापुङले राज्यको सरक्षा त गर्न सकेनन् नै राजधानमै सुरक्षाका लागि खटिएका प्रहरीको समेत सुरक्षा गर्न सकेनन् । प्रहरीको सुरक्षा गर्न नसकेकै कारण देशमा आगजनी लुटपाट मच्चिएको थियो । त्यसले गर्दा प्रहरी महानिरीक्षक खापुङ इतिहासकै निकम्मा आइजीपी बन्न पुगेका छन् । उनको कार्यकाल पनि यही कात्तिक २६ गते सकिँदैछ । भावी आईजीपी को बन्ने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । खापुङको दिनगन्ती सुरु भएसँगै भावी आईजीपी बन्नको लागि चारजनाको प्रतिस्पर्धा हुँदैछ ।

त्यसमा दानबहादुर कार्की, डा. मनोज केसी, सिद्धिविक्रम शाह र राजन अधिकारी रहेका छन् । दान बहादुर कार्की र डा. मनोज केसी तत्कालीन नक्कली भुटानी शरणार्थी काण्डका दोषीलाई छानविन गर्ने सिलसिलामा तत्कालीन कांग्रेस सभापति पत्नी डा. आरजु राणा देउवाले त्यहाँबाट अन्य सरुवा गर्न दाबबा दिएकी थिइन् । उनीहरुलाई अन्यत्र सरुवा गरेपछि भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुको मुद्दा झिसमिस पार्ने काम भएको थियो ।

त्यसपछिको सरकारका गृहमन्त्री रवि लामिछानेले उनै दानबहादुर कार्कीलाई प्रयोग गरी छानविन प्रक्रिया अगाडि बढाएका थिए । त्यसकारणले गर्दा अहिले कार्कीलाई रवि लामिछानेको मान्छे भन्ने आरोप लागेको छ । रविको मान्छे भएको आरोप कार्कीलाई लागेको कारण भावी आईजीपी बन्न उनलाई सहज छैन । तर, रोलक्रम र दक्षताको आधारमा कार्की नै भावी आईजीपी हुनुपर्ने देखिन्छ ।
उता, हालको सरकारले आगमी फागुन २१ गते संघीय निर्वाचन गराउनुपर्ने छ ।

त्यसको लागि प्रहरी महानिरीक्षक (आईजीपी)को भूमिका ठूलो रहन्छन् । रोलक्रमका आधारमा दानबहादुर कार्कीलाई आईजीपी बनाउनुपर्ने देखिन्छ । उता, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह पनि भावी आईजीपी बन्नको लागि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । उनीहरु पनि क्षमता र दक्षमा काविल छन् । तर, प्रहरी संगठनभित्र निश्कलंक, स्वच्छ छवि र रोलक्रमको आधारमा कार्की नै महानिरीक्षक हुनुपर्ने बताइन्छ । तत्कालीन सरकारको पालामा भ्रष्टाचारीलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनको लागि पहल गरेकाले पनि अहिलेको सरकारले कार्कीलाई नै आईजीपी बनाउने आँकलन गरिएको छ ।

त्योसँगै आगामी फागुन २१ गते निर्वाचन गराउनुपर्ने भएकाले शान्तिसुरक्षा सुनिश्चित गरेर भयरहीत वातावरण सिर्जना गर्न कार्कीलाई आईजीपी बनाउनुपर्ने आमधारणा रहेको छ । जेनजी पुस्ताको आन्दोलनबाट बनेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भनिरहँदा कार्की नै त्यसका उपक्त पात्र हुन सक्छन् । किन कि कार्कीले तत्कालीन सरकारको पालामा नक्कली भुटानी शहरणार्थी काण्डमा मुछिएकादेखि विभिन्न भ्रष्टाचारका काण्ड लागेका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन कोसिस गरेका थिए । नक्कली भुटानी शहरणार्थी काण्डका आरोपीमाथि कारबाही गर्न खोज्दा तत्कालीन सरकारले कार्कीलाई अन्य सरुवा गरेर मुद्दालाई झिसमिस पार्ने काम भएको थियो । त्यसले गर्दा पनि कार्की भावी आईजीपी बन्ने पक्कापक्की जस्तै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *