दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ले शिखर चुम्ने

मनोरञ्जन समाचार

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । पहिलो दिनको अकुपेन्सी देशब्यापी रुपमा झन्डै ७० प्रतिशत हारहारीमा पुगेको छ ।

फिल्मलाई सुखद समीक्षाको कारण दोस्रो दिन शनिबारकाले राहत मिल्ने ठानिएको छ । मल्टिप्लेक्समा शनिबार फिल्मको अकुपेन्सी ६० देखि ९० प्रतिशत हारहारीमा छ । ‘विन्डो सेल’को अनुपात हेर्दा फिल्मको कमाइले अझै शिखर चुम्ने देखिन्छ ।

फिल्म हेरिसकेपछि दर्शकहरुले यसलाई पूर्ण मनोरञ्जक भनेपनि समीक्षकमाझ फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।

फिल्म प्रस्तुतकर्ता किरण नेपालीले करोड हारहारीमा ओपनिङ गरेको बताइएपनि यसको आधिकारिक कलेक्सन बाहिर आइसकेको छैन । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए फिल्मले दोस्रो सप्ताहन्त पनि आफूलाई अघि लैजान सक्छ ।

लोकप्रिय सिरिज ‘कबड्डी ४’का अधिकांश कलाकारहरु कास्ट भएको र ग्रामिण कथावस्तुमा चाख राख्ने दर्शकको स्वादको कारण ‘दुई नम्बरी’लाई दर्शकको साथ मिल्ने आशा गरिएको छ । दीपेन्द्र लामा निर्देशित फिल्ममा उत्कृष्ट कथावस्तु समेटिनुका साथै मनोरञ्जनले भरिपूर्ण छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *