काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेको छ ।
अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडले कारोबार भएको हो । बजार अंक घट्दा कारोबार रकम भने बढेको छ । आज दिनभरको नेप्से परिसूचक दुई हजार सात सय २० अंकसम्म पुगेपनि टिक्न नसक्दा दुई हजार ६ सय ९९ अंकमा कायम भएको छ । ७४ कम्पनीको मूल्य बढ्दा एक सय ६० वटाको घट्यो भने ९ को स्थिर रहेको छ ।
बुधबार फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा धेरै एक दशमलव ५३ प्रतिशतले घटेको छ ।
अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्दा उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।