सशस्त्र प्रहरी बलमा बढुवा प्रक्रिया सुरु

समाचार

काठमाडौं ।सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीरदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना सार्वजनिक गरिएको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खड्काद्वारा सूचना प्रकाशित गरिएको हो ।

सूचनाअनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब निरीक्षकहरुलाई ५ दिन र सशस्त्र निरीक्षकहरुलाई १० दिनभित्र आवश्यक कागजातसहित फारम भरेर बुझाउन भनिएको छ ।

एसपी बढुवाका लागि सिलसिलेवार संख्या ३ मा रहेका ७० जनाभन्दा बढी डीएसपी बढुवाका प्रतिस्पर्धी छन् । सशस्त्र प्रहरी बल, नेपालमा ३८ एसपी पद रिक्त रहेका छन् ।

त्यसैगरी डीएसपी बढुवाका लागि सिलसिलेवार संख्या ७ का १२२ जना इन्स्पेक्टरबीच प्रतिस्पर्धा हुनेछ । सशस्त्र प्रहरीमा हाल ५८ डीएसपी पद रिक्त छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *