भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको पहिरोमा परेर ४४ जनाको मृत्यु,सबैभन्दा बढी आसाममा

विविध समाचार

काठमाडौं । भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले गत बिहीबार यताको भारी वर्षापछिको विपद्‌मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै समाचारहरु प्रकाशित गरेको हो ।

यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको मृत्यु भएको छ भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला परेका छैनन् । बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *