काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध अविरल वर्षासँगै आएको बाढीले बाँध बगाएको छ ।
भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो ।प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने भएकोले थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।