गठबन्धन कार्यदलको बैठक बस्दै

राजनीति समाचार

काठमाडौं । आगामी चुनावमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटबारे छलफल भइरहेको छ । तर सहमति हुन सकेको छैन् ।

शुक्रबार बसेको बैठकमा कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ । यस्तै माओवादीको एकल दाबी रहेका करिब १० सिटमात्र छन् ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । जसमध्ये ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी परेको बताइएछ । गठबन्धन कार्यदलको बैठकमा प्रदेश सभा निर्वाचनमा हुने सिट बाँडफाँटबारे समेत छलफलले प्रवेश पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *