प्रचण्डको फोनले गरेन काम

राजनीति समाचार

काठमाडौं । मौका पाउँदा रक्तचन्दन र सुनसमेत तस्करी गर्न नछाड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य पहाडी लोकमार्ग हुँदै बैतडीको दशरथचन्द नगरपालिकाबाट पद यात्रा शुरु गर्दै पार्टी सुधिकरणको अभियान चलाएर डडेलधुरा, जाजरकोट, रुकुम, बाग्लुङ, पोखरा, गोरखा, धादिङ, नुवाकोट हुँदै काभ्रेतिर मोडिदा माओवादी नेतृत्वका विगत र वर्तमान छटपटी छताछुल्ल हुँदै गएको छ ।

उपराष्ट्रपति पद त्यागेर पार्टी उपाध्यक्षमा सक्रिय भएका सह–सुप्रिम कमाण्डर नन्दकिशोर पुनको दबदबाले घेरा नाघेको छ । सर्वहारा वर्गलाई पद र कुर्सी बिना टिक्न कठिन भएकै कारण भ्रष्टाचार र तस्करीमा सक्रिय दुईतिहाइ सरकारलाई गिराउन कांग्रेसलाई उचाल्दै प्रचण्डले डडेलधुराबाट फोन गरेका थिए । त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्रीसँग सन्केर राष्ट्र बैंकको गभर्नर हात पारेका हुन् । गृहमन्त्री रमेश लेखकको अध्यागमन लुटले दुईतिहाइको भ्रष्टाचारमुक्त समाज झल्क्याइ दिएको छ ।

माओवादी प्रचण्डको यात्रा जहाँ पुग्छ र बाँस बस्छ त्यो रात कांग्रेस सभापतिलाई फोन गर्ने गर्छन् । गत चैत १५ को तिनकुने काण्डमा सरकार थर्कियो । लुटपाट घुसपैट गर्न गराउन सफल भएकाहरुले घर जलाए । प्रधानमन्त्री ओलीको लगानी रहेको भाटभटेनीमा लुट्ने काम भयो । एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भयो त्यहाँ प्रहरी पुगेन । गृहमन्त्री अध्यागमनमा लुट्नमै सक्रिय भएका कारण प्रहरी परिचालनमा चासो भएन । भोलि जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनप्रति सरकारको सचेतता देखिएको छैन । सरकारको भित्री कुरा पत्तो नपाउने क्रान्तिकारी माओवादीको पद यात्राले जनतासँगको सम्बन्ध कस्तो बनाउँछ थाहा छैन । सरकारले सर्वसाधरण जनताको जिवनमाथि खेलवाड गरिरहेको छ । तर, माओवादीले ध्यान दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *