काठमाडौं । राजनीतिक दलभित्र सिद्धान्त र पार्टी नीति छैन । संघीयताको विरोध गर्छ, तर सत्ता पाएसम्म आफुले छाड्दैन सत्ता नपाएपछि विरोध गर्ने दलहरुको नियत नै हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि व्यवहार पक्षपाती भएको आरोप छ । उनी एमालेको नेतृत्वमा माधव नेपाल हुँदासम्म पार्टीको जिम्मेवारी पूरा नगर्ने तर गुटबन्दीमा रमाउने नेता हुन् भन्ने आरोप लाग्ने गरेको छ । अहिले अध्यक्ष ओली एमालेमा गुट छैन भन्छन् । पार्टी बैठकमा दोहोरो संवाद हुँदैन । राप्रपालाई संसदमा ल्याउने काम ओलीले गरेकै थिए ।
अहिले राप्रपाले चलाएको सडक आन्दोलनबाट राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा ल्याउने धम्कीबाट आतंकित छन् ओली । भोलि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पुरा भएको अवसरमा दलहरुले बृहत कार्यक्रम गर्दैछन् । सरकार पक्षलाई राप्रपाले राजा ल्याउने धम्की दिँदै छ । गत चैत १५ गतेको घटनाले राप्रपालाई कानुनी रुपमा समस्यामा पारेको छ । त्यो घटनाको छानबिन प्रतिवेदनले १५८ जनालाई दोषी ठहर गरेको छ । राप्रपाको अहिलेको आन्दोलन वर्तमान सरकारलाई हटाएर राजतन्त्र स्थापना गराउने हो ।
जेठ १५ को आन्दोलनलाई राप्रपाले चर्काउनलाई रास्वपालाई पनि सहयोग मागेको छ । अहिले राप्रपाको एजेन्डा कसरी पालन गराउने भन्ने छ । नेकपा एमालेको गुटगत रुपमा चलेको संघर्षले पार्टी कति बलियो छ भन्ने कुरा राजावादीको आन्दोलनले देखाउने छ दलीय प्रतिकार गर्न कुनै दल तयार छैनन् । त्यसको लागि सरकारले आग्रह गर्ने ठाउँ छैन । भ्रष्टाचार र बेथितिको अन्त्य नहुनु भनेको परिवर्तनको बाधक हो । माफिया र बिचौलिया प्रधानमन्त्रीको बेडरुममा पुगेको बताउने कांग्रेसका महामन्त्री गगन थापा भने राप्रपाको आन्दोलन बारे बोल्न छाडेका छैनन् ।