नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल शिक्षक महासंघको धर्ना

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । मागमा २०७५, २०७८,२०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ । साथै २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *