काठमाडौंलाई खाल्डारहित बनाउने अभियानमा सडक डिभिजन कार्यालय

विविध समाचार

काठमाडौं । काठमाडौंलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ । सडक डिभिजन काठमाडौंको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । काठमाडौंको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ र स्थानीय सरकारको आलोचना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *