गृहमन्त्रीको पोल खोल्दै कांग्रेसी कर्मचारी

राजनीति समाचार

काठमाडौं । विपक्षी दलको रुपमा कांग्रेस हुँदा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगेको आरोपमा पद त्याग्न सुझाव दिने गृहमन्त्री रमेश लेखक भिजिट भिसा मुछीएको आरोप लागेता पनि उनले मन्त्रीबाट राजीनामा दिएनन् ।

उल्टै भिजिट भिषामा मुछीएका गृहमन्त्रीलाइ पार्टीले जोगाएको छ । पार्टी संसदीय दलको सचेतक हुँदा लेखकले सहकारी ठगी आरोपको निशानामा पर्दा रविलाई दिएको पद त्यागको सुझाव कांग्रेसले स्वीकार्नु पर्दैन ? रविको विरुद्ध खेद्ने कांग्रेस एमालेको मात्र दोष होइन ? गगन थापाको प्रमाण पनि रातारात सुस्ताएको छ । गृहमन्त्रीमाथि षड्यन्त्र भयो भनेका छन् । रास्वपालाई बढ्न नदिने वर्तमान गठबन्धनको एकसुत्रीय एजेण्डा रहेको छ । किनकि त्यो पार्टीमा गएका नेता कार्यकर्ता कांग्रेस र एमालेबाट अपहेलित भएर राजनीति बचाउनका लागि रास्वपामा गएका हुन् ।

एमाले–कांग्रेसका कार्यकर्ताले आफ्नो भविष्य नदेखेपछि कार्यकर्ताहरु ओली र पार्टी सभापति देउवामाथि खनिएका छन् । रवि र छविलाई अदालतले जेल हालेर माया राई, अन्जला कोइरालालाई धरौटीमा छुटाउने काम गरेको छ । धनराज गुरुङ लाहुरे बन्न पाउने भएका छन् । अहिले एयरपोर्टमा पर्यटन भिसाबाट विदेशमा जाने र अलपत्र पर्ने नेपालीहरुबाट ५० हजार असुल्न सिण्डिकेट चलाउने गृहमन्त्री लेखकको भण्डाफोर अध्यागमन विभागले निलम्बन गरेका सात कर्मचारीले गरिदिएका छन् । उनीहरु कांग्रेसी कर्मचारी नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *