अर्थमन्त्री र सञ्चारमन्त्रीकै कारण प्रधानमन्त्री असफल बन्दै

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच टसल परेपछि रास्वपाभित्र आन्तरिक विवाद चुलिरहेको छ । रास्वपाभित्र अन्तरद्वन्द्व चर्किएसँगै प्रधत्रानमन्त्री शाहका सल्लाहकार कुमार बेन पनि भारत भ्रमणमा गएको समाचारले सञ्चारमाध्यममा स्थान पाएपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच टसल परेपछि रास्वपाभित्र नयाँ अर्थमन्त्रीको खोजी हुन थालेको छ । प्र्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई हटाएर राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई अर्थमन्त्री बनाउन खोजेको चर्चा छ । तर, प्रधानमन्त्री शाहले विधुषी राणा र विश्वनाथ पौडेलमध्ये कसलाई अर्थमन्त्री बनाउँछन् त्यो एकिन भइसकेको छैन । यता, अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिन नदिने कुनै ग्यारेन्टी पनि छैन ।

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच अर्थमन्त्रीको विषयलाई लिएर विवाद बढिरहेको छ । सभापति लामिछाने छिट्ट उत्तरी छिमेकी मुलु्क चीन भ्रमणमा जाने भएका छन् । लामिछाने चीन भ्रमणबाट फर्किएपछि रास्वपाभित्र कस्तो खिचढी पाक्ने हो त्यो पनि निश्चित भएको छैन । रास्वपाकै सांसद अमरेश कुमार सिंह केही साता पहिला चीन भ्रमणमा गएर फर्किएसँगै सभापति लामिछाने चीन भ्रमणमा जान लागेको बताइन्छ । रास्वपाको पहिलो महाधिवेशनमा पनि अमरेश कुमार सिंह र मनिष झालाई पाखा लगाउनुले रास्वपाभित्र फुटको संकेत देखिन्छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच चाइनाबाट भन्सार छली गरेर ठूलो मात्रामा ईभी गाडी भित्र्याउँदा कमिसनको चलखेल भएको आशंका र स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत करको विषयमा विवाद सिर्जना भएको थियो । अर्थमन्त्री वाग्लेको जोडबलमा सरकारले स्वास्थ्य र शिक्षामा कर लगाएपछि चौतर्फी विरोध भएको थियो । सो विरोध थेग्न नसकेपछि प्रधानमन्त्री शाहले शिक्षा र स्वास्थ्यको कर हटाएका थिए ।

उता, प्रधानमन्त्री शाहलाई असफल बनाउन अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री सस्मित पोखेरल हात धोएर लागेको आरोप लाग्न थालेको छ । किन कि सञ्चारमन्त्री पोखरेलकै कारण सरकारी सूचना निजी मिडियालाई नदिने निर्णय गरेपछि पत्रकारहरु विभिन्न माग राखेर सरकारको विरुद्ध सडकमा उत्रिएका छन् । तर, सञ्चारमन्त्री पोखरेलकै कारण पत्रकारहरुको आवाज प्रधानमन्त्री शाह समक्ष नपु¥याउँदा आज प्रधानमन्त्री शाह नै आलोचनाको पात्र बन्न वाध्य भएका छन् । उता, अर्थमन्त्री वाग्लेको एकलौटी निर्णयले शिक्षा, स्वास्थ्य र विद्युतमा ३ प्रतिशत कर लगाउने विषयले पनि प्रधानमन्त्री शाह नै सर्वत्र आलोचनाको शिकार बनेका थिए ।

सर्वत्र विरोधपछि प्रधानमन्त्री शाहकै योजनामा शिक्षा र स्वास्थ्यको कर फिर्ता लिएका छन् । प्रधानमन्त्री शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता लिएपछि त्योसको दोष अर्थमन्त्री वाग्लेमाथि थुप्रिएको छ । त्यसैगरी सर्वोच्च अदालतले सरकारी सूचना निजी मिडियाले पनि पाउनुपर्ने फैसला गरेपछि सञ्चारजगतले राहत महसुस गरेको थियो । तर, सर्वोच्चको पूर्णपाठ आउन नपाउँदै सरकारले रातारात सार्वजनिक खरिद ऐन २०८३ जारी गरेर सरकारी सूचना सम्बन्धित मन्त्रालयको वेबसाइटमा राखे हुने पत्रपत्रिकामा छाप्नु नपर्ने भनेर निजी मिडियामाथि कुठाराघात गर्ने काम भएको छ । त्यसको दोष सरकारको नेतृत्व गरेकाले प्रधानमन्त्री शाहमाथि थुप्रिएको छ ।

एकातिर पार्टीभित्र सभापति लामिछाने र सरकारको नेतृत्व गरेका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहबीच टसल परिरहेको छ भने अर्कोतिर अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री पोखरेलको कामकारबाहीले गर्दा सरकार धरापमा पर्ने आशंका गर्न थालिएको छ । अर्थमन्त्री र सञ्चारमन्त्रीकै कारण सिंगो सरकारको बदनाम भइरहेको छ भने रास्वपाभित्र आन्तरिक झगडा चर्किँदै गएको छ । त्यसले गर्दा सभापति लामिछाने चीन भ्रमणबाट फर्किएपछि मन्त्रिमण्ड फेरबदल गरेर बालेनकै नेतृत्वमा अगाडि बढ्ने हो कि सरकारको नेतृत्व नै परिवर्तन हुने हो त्यो एकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *