पत्रकार महासंघ जापान शाखा ट्राभल व्यवसायीको कब्जामा

राजनीति विविध समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघ जापान शाखा रविन्द्र श्रेष्ठ नाम गरेका व्यक्तिको नाममा दर्ता भएको खुल्न आएको छ । पत्रकार महासंघको लोगोसँग जापान शाखाको लोगो पनि मिल्दैन । पत्रकार महासंघका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई जापान भ्रमण गराउनकै लागि श्रेष्ठले उक्त संस्था २० मे २०२६ मा दर्ता गरेको खुल्न आएको हो । श्रेष्ठ ट्राबल व्यवसायी भएकाले नेपालीहरुलाई जापान भित्र्याउनको लागि महासंघको नाम भँजाएर उक्त संस्था दर्ता गरेको देखिन्छ । श्रेष्ठले पत्रकार महासंघ जापान शाखाको हवाला दिँदै महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित कार्यसमितिलाई गुमाराहमा पारेका छन् । महासंघका केन्द्रीय प्रतिनिधिहरु पनि कुन संस्था र व्यक्तिले निमन्त्रणा गरेको भन्ने ख्याल नगरी जापान भ्रमणमा गएका छन् । निमन्त्रणा गर्ने संस्था विवादमा आएपछि जापान भ्रमणमा गएका केही पत्रकारहरु पक्राउ परेको समाचार सार्वजनिक भएका छन् ।

संस्थाले अध्यक्ष निर्मला शर्मा, सचिव रमेश खतिवडा र कोषाध्यक्ष रामकृष्ण अधिकारीलाई जाने–आउने टिकटसहित खान, बस्न र घुमघामको सम्पूर्ण व्यवस्था गरेको थियो भने अन्य १३ जनालाई एनआरएनएका उपाध्यक्ष रोविन प्रसाद शेरचनले जाने–आउने टिकटको व्यवस्था गरेका थिए । तर, उनीहरुको खाने–बस्ने र घुमघाम गर्ने खर्च रविन्द्र श्रेष्ठको नाममा दर्ता भएको एफएनजे जापानले गरेको थियो ।

भिसा शुल्कमा पनि विभेद
पत्रकार महासंघ केन्द्रीय समितिका सम्पूर्ण सदस्यलाई भिसा शुल्क ८ हजारका दरले लिइएको थियो भने प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुसँग प्रतिव्यक्ति १९ हजारका दरले उठाइएको थियो । एउटै प्रकृतिको भ्रमणमा कसरी भिसा शुल्कमा विभेद भयो भन्ने विषयमा पनि सहभागी पत्रकारहरुले भेउ पाउन सकेका थिएनन् । भिशा शुल्कमा विभेद गरिएसँगै जापान जाने पत्रकारहरुको टोली पनि फरक–फरक टीम र बाटो भएर गएका थिए । त्यसमा अध्यक्ष शर्मासहित केही पदाधिकारी नेपालबाट सोझै जापान उडेका थिए भने केही सदस्यहरु चाइना र भारतको बाटोहुँदै गएका थिए । निमन्त्रणा गर्ने संस्थाको प्रकृति र भ्रमणमा जाने पत्रकार टोलीको संख्याले गर्दा नेपाल पत्रकार महासंघकै धज्जि उडाउने काम भएको छ ।

उता, पत्रकार महासंघका प्रतिनिधिहरु जुनसुकै हर्कत गरेर भएपनि विदेश भ्रमणमा रमाइरहेका छन् भने यता सरकारी सञ्चार माध्यममा अस्थायी र करारमा कार्यरत ५ सय भन्दा बढी श्रमजीवी पत्रकारहरु रोजीरोटीबाट बिमुख हुन भएका छन् । स्वरोजगारमूलक श्रमजीवी पत्रकारहरु सरकारको विभेदकारी निर्णय विरुद्ध सहडमा भौतारिन वाध्य भएका छन् । तर, श्रमजीवी पत्रकार र सञ्चारमाध्यमको हकहितको लागि आवाज बुलन्द गर्ने कसम खाएर निर्वाचित महासंघको नेतृत्व र पदाधिकारीहरु भने विदेश भ्रमणमा रमाइरहेका छन् ।

जापान भ्रमणको नाममा महासंघको लोगो र नाम दुरुपयोग गरिएको यो एउटा उदाहरण मात्र हो । अन्य देश भ्रमण गर्नको लागि तत्कालीनदेखि हालसम्मका नेतृत्व र पदाधिकारीहरुले गरेको दुरुपयोगको लेखाजोखा नै छैन । त्यसमा महासंघको अहिलेको नेतृत्व र कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरुलाई आगामी दिनमा महासंघको निर्वाचन जित्ने आशा नभएकाले पनि जस्तोसुकै हर्कत गरेर भए तापनि जापान भ्रमणमा जान तयार भएको स्रोतले बताएको छ । यदि त्यसो होइन भने एउटा शाखाको कार्यक्रममा सहभागी हुन ४५÷५० जनाको जम्बो टोली किन जानुपथ्र्यो ? भन्ने प्रश्न पत्रकारवृत्तमा उठ्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *