काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।
बुधबार दिउँसो बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि प्रदेश सभामा सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गर्न लागेका हुन् ।