प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण, २० मा दिउँसो काठमाडौंमा अवतरण

राजनीति विविध समाचार

काठमाडौं। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनिस क्लब रियल म्याड्रिडको स्टेडियम सान्टियागो बर्नाबेउको अवलोकन भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली हाल स्पेनको म्याड्रिडमा रहेका छन् ।

प्रधानमन्त्री ओली आजै राती पौने ११ बजे नेपाल फर्किने क्रममा दोहाको लागि प्रस्थान गर्ने र असार २० गते दिउँसो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *