कांग्रेसको इतर पक्षमा हिस्स बुढी हरियो दाँत

राजनीति समाचार

काठमाडौं । कांग्रेसका इतर समूहका नेताहरुले आफ्नै ३५ जना सांसदको विश्वास जित्न नसकेर पार्टीमा पंगु बनेका छन् । गगन थापाको फुर्कोले शेखरलाई गिज्याईं रहेको छ । पहिला प्रचण्ड नेतृत्वको सरकार गिराउन नक्कली भुटानी प्रकरण छानबिन गरी कारबाही प्रक्रिया सुरु गर्दा एकाएक रोक्ने डा.शेखर कोइराला आज फेरि दौडधुप गर्दैछन्, जबकि कांग्रेस संसदीय दलमा ५३ जना संस्थापन पक्षका रहेका छन् । संघीय संसदको यो संख्यासँग राष्ट्रिय सभाका १६ सांसद जोडिएका छैनन् । कांग्रेसभित्र संस्थापन पक्षको पल्ला भारी भएको छ ।

डा.शेखरले केपी ओली सरकारलाई हटाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्दै छन् । पहिला माओवादीको भोटले चुनाव जितेर आफू सांसद भएपछि माओवादीको उछितो काड्ने उनै डा शेखर कोइराला थिए । वरिष्ठ नेताको रुपमा चिनिएका कोइराला अहिले पार्टी भित्र छताछुल्ल हुन पुगेका छन् । उनी पूर्व राष्ट्रपतिलाई भेट्न पुगे त्यो पनि नेकपा एमालेमा फर्किएकी विद्या भण्डारीसँग विपक्षी दल माओवादी अध्यक्षलाई पनि भेट्न पुगे ।

विगतमा कमजोरी देखाउन डा. शेखर र गगनको बीचमा द्वन्द्व चर्किंदै छ । पार्टी सभापतिमा दुवै प्रतिस्पर्धा गर्दा फाइदा देउवाकै दूतहरूलाई पुग्छ भन्ने हेक्का शेखर गुटमा छैन । एक्लै संसदीय चुनाव लड्दा शेखरको हालत वाममोर्चाका लालबाबु पण्डितलाई नचिन्दा त्यो बेला देउवाको साला भूषण राणाले पण्डितलाई चुनाव खर्च जुटाएको आरोप लागेकै थियो ।

अहिले कांग्रेस र एमाले सरकारविरुद्व जनमत बढ्दो छ । माओवादीको ३२ सिट, रास्वपाको २० सिट त छँदैछ । तर ८ गगन र शेखरको छैन । किनकि पार्टी सभापतिले हुन्छ नभनेसम्म कांग्रेसले केपी ओलीको पुच्छर छाड्दैन । त्यसै कारणले गर्दा सत्ता फेरबदल गर्ने भनेको राजनीति चिया गफ मात्र हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *