काठमाडौं । नेकपा एमालेभित्र यौनकाण्ड भुसको आगोझैं फैलिएको छ । पछिल्लो समय यस्तै यौनकाण्डले बजार तातेको छ । केही समय अगाडिमात्र कर्णाली प्रदेशको नेता सुरतबहादुर शाही यस्तै फण्डामा मुछिए । त्यसअघि एमाले पोलिटब्युरो सदस्य मुगुका मोहन बानियाँमाथि जबरजस्ती करणीको आरोप लाग्यो ।
उनीविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लागेको थियो । यस्तै, पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह यस्तै फण्डामा मुछिए । यसका अलवा कालिकोटका एमाले नेता कुर्मराज शाही यस्तै विवादमा मुछिए । यो सिलसिला अझैं रोकिएको छैन । नेकपा (एमाले) प्रतिनिधिसभा सचेतक एवं केन्द्रीय सदस्य सुनिता बरालको नैतिक आचरणमाथि प्रश्न उठ्ने गरी भिडियो सार्वजनिक भएको धेरै भएको छैन ।
एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतविरुद्ध संगठनकी पूर्वकेन्द्रीय सदस्य शोभा पाठकले बलात्कार, भ्रुणहत्याको अभियोगमा लगाइन । उनी देख्दा अहिले प्रधानमन्त्रीदेखि पूर्वमन्त्री बस्नेत भाग्दै हिड्नुपर्ने स्थिति बनेको छ । एमालेका अर्का केन्द्रीय सदस्य ऐन महर पनि अनैतिक सम्बन्धको अडियो संवाद बाहिरिएपछि विवादमा परेका छन् । एमाले पोलिटब्युरो बैठकमा नै नेताहरूले केही नेताहरूको सांस्कृतिक र आर्थिक विचलनका कारण पार्टी र कार्यकर्तालाई अप्ठेरो अवस्था आएको धारणा सार्वजनिक भइरहँदा एमालेकै अर्काे एक नेतृ समेत यस्तै यौन विचलनमा परेको खबर अहिले एमालेभित्र भुसको आगो बन्न पुगेको खबर छ ।