काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधन लगायतका माग सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाउँदै यदि आफ्ना मागहरु पुरा नभए जानकारीसहित उद्योग बन्द गर्ने घोषणा गरेको हो । २०८१ साल माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरूले नेपाल आयल निगम बाट प्रडक्ट डेलिभरी अडर खरिद नगर्ने सङ्घले बताएको छ । फागुन १ गते बिहीबारदेखि २०८१ फाल्गुण ५ गते सोमबार सम्म सबै ग्याँस उद्योगहरूले विरोधका कार्यक्रमहरू बारे स्थानीय सबै सङ्घ संस्था सञ्चार माध्यमहरू मार्फत र प्रचार प्रसार गर्ने बताउँदै २०८१ फागुन ६ गते मङ्गलबारदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनैपनि लोड नगर्ने नगराउने बताए छन् ।
२०८१ फागुन १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरू कुनैपनि भन्सार नाका बाट नछुटाउने, १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने जानकारी सङ्घले दिएको छ । यसैगरी फागुन २२ गते शनिबारदेखि देश भरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिन समेत घोषणा गरेको छ ।