सरकारले जारी गरेको अध्यादेशमा निणयार्थ प्रस्तुत नहुने

देश/विदेश समाचार

काठमाडौं । सरकारले हालै ल्याएका अध्यादेश आज संसद्‌मा निणयार्थ प्रस्तुत नहुने भएको छ ।

आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेको ६ वटा अध्यादेशहरु निणयार्थ पेस नगरिने भएको छ। सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएकोले बिहीबार अध्यादेश टेबल गर्ने कार्यसूची बनाउन राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरिएको जानकारी गराएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेशहरू पारित गराउनका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत रहँदा राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक रहेको छ । माथिल्लो सदनमा जसपा निर्णायक रहेकोले तल्लो सदनमा कांग्रेस–एमालेको बहुमतले सजिलै पास हुन्छ ।अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

राष्ट्रियसभाबाट अध्यादेश पास गराउन सरकारसँग बहुमत नभएको कारणले यस्तो अवस्थामा दुबैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय नगरिएकोले बिहीबार बिहान ९ बजे बुझाउने भनिएको प्रतिवेदन जसपाले निर्णयमा ढिलाइ गर्दा नै राजकिशोरको कार्यदलले दिउँसो १ बजे बुझाएको छ। यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद रहेका छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुबै गठबन्धनले संवाद तीव्र बनाएका छन् । सरकारलाई समर्थन दिएपनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि अहिले जसपा नेपालसँग सहयोग मागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *