तल्लो सोलुखोला हाइड्रोपावर आगामी भदौमा व्यवसायिक उत्पादन गर्ने लक्ष्यका साथै निर्माण अन्तिम चरणमा

अर्थ/वाणिज्य कर्पोरेट विविध समाचार

काठमाडौं । सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर आगामी भदौमा व्यवसायिक उत्पादन शुरु गर्ने लक्ष्यका साथै निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङ मार्ग लगायत संरचना निर्माण भएका छन् । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत काम सम्पन्न भएको हो । पेनस्टक पाइपको काम मात्रै बाँकी रहेकोले आयोजनाको पेनस्टक टनेलको ‘ब्रेक थ्रु’ अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको सोलुखोला हाइड्रोपावर निर्माण कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेहुँदा उत्पादित विद्युत् तिङ्ला सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ।

सोलुदूधकुण्ड नगरपालिका-७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेभएकोले यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ। भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने अनुमान कम्पनीले गरेको छ । हाल आयोजनामा सात सय कामदार कार्यरत हुनुको साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *