प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

राजनीति समाचार

काठमाडौं । संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ ।

प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ । सो बैठक बिहान ११ बजे बस्ने भएको हो ।

सोमबारकै बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसका अलावा आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले धारणा राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *