काठमाडौं । गत मंसिर २८ गते सम्पन्न भएको २७ औं नेपाल पत्रकार महासंघको निर्वाचनमा पेशा व्यवसायी गर्ने पत्रकारहरुभन्दा राजनीतिक दलनिकट पत्रकारहरु हावी भएका छन् । निर्वाचनमा वास्तविक छापामाध्यमका पत्रकारहरुभन्दा राजनीतिक दलनिकट पत्रकारहरु हावी भएका छन् । प्रेस चौतारी र प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय नेतृत्व हट्याउन सफल भएको छ भने प्रदेश र जिल्ला नेतृत्व प्रेस सेन्टर नेपालले कब्जा गरेको छ । स्वतन्त्र र व्यवसायिक रुपमा पत्रपत्रिका प्रकाशन गर्ने पत्रकारहरु पराजित हुन पुगेका छन् ।
नेपालको पत्रकारिता क्षेत्र यतिबेला आएर बद्नाम हुन पुगेको छ । राजनीतिक दलनिकट पत्रकारहरुले गैह्रसंघसस्थाका व्यक्तिहरुलाई पार्टी निकटको संगठनको पत्रकारको सदस्यता बनाएर भोट बैंक बनाउने परम्परा अहिलेसम्म कायमै छ । उदाहरण लिन सकिन्छ, कर्मचारी संगठनका तत्कालीन अध्यक्ष पुण्य ढकाल पत्रकार महासंघको निर्वाचनमा भोट हाल्न आइपुगेका थिए । ढकाल अहिले एमाले पेशागत संगठनका अध्यक्ष छन् । त्यस्तै अन्य दलनकिट पत्रकारहरुको हालत पनि त्यहि छ । दलनिकट पत्रकारहरु पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार बन्ने भनेर विभिन्न संघसस्थादेखि व्यत्तिगत रुपमा चन्दा सहयोग उठाउने धन्दा चलाएका छन् । सोहि चन्दाको बलमा पत्रकार महासंघमा उम्मेदवार दिने र पछि पार्टीको दबाब आयो भन्दै उम्मेदवारी फिर्ता लिने धन्दा चलाएका छन् ।
पत्रकार महासंघमा पत्रकारहरुको छाता संगठन भएतपनि सो संगठनमा राजनीतिक दलनिकट पत्रकार संगठनका नेताहरुले डेरा जमाएर बसेका छन् । छापामाध्यम र श्रमजीवी पत्रकारहरुको महासंघमा बहुल्यता छैन । संगठनको नेताहरुको बहुल्यता बढेर गएको छ । विगत लामोसमयदेखि छापा माध्यम र श्रमजीवी पत्रकारहरुको हकहितमा लड्नु पर्ने महासंघ राजनीतिक दलहरुको सदस्यता कसले धेरै बनाउने भन्दै होडबाजी गर्दाखेरी गत चैत्रमा गर्नुपर्ने निर्वाचन समेत भाडिन पुगेको थियो । हाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएतापनि बास्तविक पत्रकार र श्रमजीवी पत्रकारहरुले पत्रकार महासंघको नेतृत्व हट्याउन सकेका छैनन् । त्यसकारणले छापा माध्यम र श्रमजीवी पत्रकारहरुको बुलन्द आवाज उठाउन सक्ने नेतृत्व पत्रकार महासंघमा पुग्न सकेको छैन ।
त्यस्तै, पत्रकार महासंघको काठमाडौं शाखाबाट अध्यक्षमा निर्वाचित भएकी शोभा अर्याल श्रमजीवी पत्रकार नभइ व्यवसायी हुन् । उनले पत्रकारको हकहितको लागि के कसरी काम गर्छिन त्यो अहिलेसम्म यकिन भइसकेको छैन । अर्याल अध्यक्ष भएतापनि श्रमजीवी पत्रकार र स्वरोजगारमुलक पत्रपत्रिकाको बारेमा कस्तो आवाज उठाउँछिन्, त्यो निश्चित छैन । त्यसैगरी उपत्यका प्रदेशमा पनि पत्रकारहरु भन्दा राजनीतिक दलनिकट पत्रकारहरु हावी भएका छन् । पत्रकार महासंघको केन्द्रको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् ।
उनी वास्तविक पत्रकार होइनन् । उनी आइएनजीओकर्मी हुन् । शर्माले आइएनजीओ सञ्चालन गरेपछि उनी पत्रकारिता क्षेत्रमा आइपुगेकी हुन् । उनै शर्मा महासंघको अध्यक्ष बन्न पुगेकी छिन् । शर्माले श्रमजीवी पत्रकार र स्वरोजगारमूलक पत्रपत्रिकाको हकहितको बारेमा कस्तो भूमिका खेल्छिन् त्यो यकिन छैन । यसले गर्दा श्रमजीवी पत्रकार र स्वरोजगारमूलक पत्रकारहरु यतिबेला समस्यामा पर्दै आएका छन् । अध्यक्ष शर्माले श्रमजीवी पत्रकार र स्वरोजगारमूलक पत्रपत्रिकाको हितमा बुलन्द आवाज उठाएर समानुपातिक विज्ञापन लागु गराउन सकेको खण्डमा उनको नाम चर्चामा आउने छ ।