सिरहाको गोलबजारमा एमाले विजयी

राजनीति समाचार

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी हुनुभएको छ ।

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गर्नुभयो ।

कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

तलबभत्ताबाट मासिक राहत वितरण गरिने

लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै उहाँले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गर्नुभयो । तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताउनुभयो ।

यस्तै उहाँले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि रु पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गर्नुभयो । नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *