काठमाडौं । गाउँ कार्यपालिकाको पदाधिकारीको रिक्त पद परिपूर्तिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको छ ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष एवं सदस्यको निर्वाचन गत ३० गते सम्पन्न भइसकेकाले गाउँ कार्यपालिकालाई पूर्णता दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । प्रत्येक गाउँपालिकामा महिला एवं दलित वा अल्पसङ्ख्यकसहित छ पदाधिकारी छनौटका लागि यहि जेठ १६ गते निर्वाचन गरिने भएको छ ।
जिल्लाका पाँचवटै गाउँपालिकामा एकै दिन कार्यपालिकाको निर्वाचन गर्ने कार्यतालिका अनुरूप यहि जेठ १२ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाले पूर्णता प्राप्त गर्नासाथ जिल्ला समन्वय समितिका पदाधिकारीको निर्वाचन प्रक्रिया अगाडि बढ्ने मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।