बालेन पक्का, कांग्रेस एमालेलाई धोका

समाचार

काठमाडौं । सम्पन्न निर्वाचन परिणामले कुनै दललाई कुनामा पसेर रुनु पर्ने त कुनै दललाई सडकमा उत्रिएर खुसी मनाउनु पर्ने अबस्थामा पु¥याई दिएको छ । तर केही महत्वपुर्ण स्थानमा अहिलेसम्म आएको परिणामले अब दलहरुको मनपरी पनि चल्दैन र उनीहरुले लादेको नालायक उम्मेदवार पनि स्वीकार्य हुदैन भन्ने सन्देश समेत दिएको छ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले मतगन्तीको प्रारम्भदेखि नै एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सृजना सिंह लगायत तमाम उम्मेदवारलाई दोब्बर भन्दा पनि बढी मतले पछी पार्दै विजय निकट पुगेको स्थितिले र यसैगरी धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमाल र यसै गरी एमाले तथा कांग्रेसका उम्मेदवारलाई तीन चित खुवाउदै धरान उपमहनगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ मेयरमा निवाचित भएका छन् । केन्द्रिय राजधानी समेत रहेको काठमाण्डौं र धनगढी तथा धरानको यो निर्वाचन परिणामले अब दलको दादागिरी चल्दैन भन्ने स्पष्ट भएको छ ।
जनकपुर उपमहानगर पालिकाको मेयरको निर्वाचन प्रक्रियाले पनि अब उम्मेदवार चयन प्रक्रियामा दलको दादागिरी नचल्ने स्पष्ट भएको छ । जनकपुर नगरको मेयर जनता समाजवादीलाई दिने पार्टीले गरेको निर्णय प्रति विद्रोह गर्दै नेपाली काग्रेंस जनकपुर नगर समितिका सभापति मनोज साहले यो पदबाट राजीनामा गरेर जनकपुरको मेयरमा स्वतन्त्र हैसियतले उम्मेदवारी दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेवारी दिएका साहले सबै दलका उम्मेदवारलाई धुलो चटाई दिएका छन् भने राजनीतिक दलका नेताले यी घटनाबाट शिक्षा लिएर आफनो कार्यशैलीमा सुधार गरेनन भने यस्ता घटना आगामी मंसिरमा हुने संघिय र प्रदेश निर्वाचनमा पनि दोहोरिने निश्चित छ । यस्तै जेठ २ गते बुद्ध जयन्तीको अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुजापाठका लागि लम्बिनी आई पुग्नु केही समय अगाडी मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले नवर्निमित भैरहवा विमानस्थलको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गर्दै उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा उन्नति भएसंगै जजिरा अन्तर्राष्ट्रिय एयरलाईन्सले यो विमानस्थलबाट आफनो सेवा प्रारम्भ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *